खेलकूद विकासमा पर्याप्त बजेट छैन– खेलकूदमन्त्रीे



हाम्रो इकोनोमि

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उहाँले राष्ट्रिय बजेटको ०।३१८ प्रतिशत अर्थात् रु चार अर्ब मात्र बजेट विनियोजन भएको बताउनुभयो ।

खेल क्षेत्र दुरवस्थामा रहेकाले भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै उहाँले आगामी तीन वर्षभित्र खेलकूद परिषद् पुनःनिर्माण पूरा हुने विश्वास दिलाउनुभयो । देशभरका ७५३ वटै स्थानीयस्तरमा रंगशाला निर्माण गर्न मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गरिएको छ भन्दै उहाँले स्थानीय तहदेखि नै खेल क्षेत्रको विकास गरिने बताउनुभयो ।

खेलाडीको कोठा सम्मानले भरिए पनि उनीहरुको उचित संरक्षण गर्न नसकिएको भन्दै सरकारले खेलाडीको स्वास्थ्य बीमा, जीवन बीमा एवं भत्ताको व्यवस्था गर्ने बताउनुभयो ।

स्थानीय, प्रदेश एवं केन्द्रीयस्तरमा नियमितरुपमा प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गरिएको छ भन्दै उहाँले उच्चस्तरको प्रविधियुक्त तालीम तथा पूर्वाधारका लागि पर्याप्त बजेट नभएको बताउनुभयो । भौगोलिक क्षेत्रमा खेलको विकास गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने उहाँले बताउनुभयो ।

आगामी मंसीरमा आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा आयोजना गर्न मन्त्रालय केन्द्रित भएको जानकारी दिँदै उहाँले त्यस क्षेत्रमा पूर्वाधार निर्माणका लागि केही बढी खर्च भएको स्पष्ट पानुभयो ।

काठमाडौँ र पोखरामा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूदका लागि आफूले सीमित साधन स्रोतको परिचालन गरिरहेको मन्त्री विश्वकर्माको भनाइ थियो । मितव्ययी तवरले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा योग्य खेलाडी र प्रशिक्षक पठाइने प्रतिबद्धता व्यक्त गर्दै उहाँले घुम्न जाने परम्परालाई तोडिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...