थाइल्याण्डमा गुफामा फसेका बालकलाई बाहिर निकाल्न उद्धार टोली गुफामा पुग्यो, फसेकाले भने अब बाँच्ने भइयो



हाम्रो इकोनोमि

थाइल्याण्डको एक गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धार अभियान सुरु भएको छ । उद्धार टोली आइतबार पौने ९ बजे गुफामा प्रवेश गरेको टोलीका प्रमुख नारोङ्गसाक ओसोटानाकोर्नले बताए ।

उद्धारका लागि आवश्यक नरहेका कर्मचारी गुफाको प्रवेश द्धार वरपरबाट हटाइएका छन् । गुफा क्षेत्रमा गोताखोर, स्वास्थ्य टिम र सुरक्षाकर्मी रहेका छन् ।

उद्धार अभियानमा १३ जना विदेशी तथा पाँचजना थाइ नौसेनका सैनिक जुटेका छन् । उद्धारका लागि जुटेको टोलीले गुफाबाट चाँडोमा आइतबार बेलुका पौने ८ बजे एक बालकलाई बाहिर निकाल्ने अनुमान छ । सबैलाई उद्धार गर्न धेरै दिन लाग्ने सरकारी अधिकारीले बताएका छन् ।

गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका छन् । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक गएको जुन २३ मा प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...