थाइल्याण्डमा गुफामा फसेका बालकलाई बाहिर निकाल्न उद्धार टोली गुफामा पुग्यो, फसेकाले भने अब बाँच्ने भइयो



हाम्रो इकोनोमि

थाइल्याण्डको एक गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धार अभियान सुरु भएको छ । उद्धार टोली आइतबार पौने ९ बजे गुफामा प्रवेश गरेको टोलीका प्रमुख नारोङ्गसाक ओसोटानाकोर्नले बताए ।

उद्धारका लागि आवश्यक नरहेका कर्मचारी गुफाको प्रवेश द्धार वरपरबाट हटाइएका छन् । गुफा क्षेत्रमा गोताखोर, स्वास्थ्य टिम र सुरक्षाकर्मी रहेका छन् ।

उद्धार अभियानमा १३ जना विदेशी तथा पाँचजना थाइ नौसेनका सैनिक जुटेका छन् । उद्धारका लागि जुटेको टोलीले गुफाबाट चाँडोमा आइतबार बेलुका पौने ८ बजे एक बालकलाई बाहिर निकाल्ने अनुमान छ । सबैलाई उद्धार गर्न धेरै दिन लाग्ने सरकारी अधिकारीले बताएका छन् ।

गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका छन् । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक गएको जुन २३ मा प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...