घरेलु भूमिमा इतिहास रच्दै रुस, रुसको जित पक्का



 

शनिबार विश्वकपमा क्वार्टरफाइनलमा क्रोएसिया र रुस आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार रातको पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । घरेलु टोली रुस र पछिल्लो समय राम्रो लयमा रहेको क्रोएसियाको बीचमा महत्वपूर्ण प्रतिस्पर्धा हुन गइरहेको हो ।

 

घरेलु टोली रुस शनिबारको खेलमा बलियो आत्मविश्वासको साथमा मैदानमा उत्रिनेछ । समुह एको उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको टोलीले उपाधिको दाबेदार मानिएको स्पेनलाई टाइब्रेकरमा पाखा लगाएको थियो । यसले पनि रसियाको टोलीमा आत्मविश्वास बलियो भएको हो ।

 

समुह चरणका दुई खेलमा सहज जित हासिल गरेको टोलीले उरुग्वेसँगको खेलमा भने पराजयको सामना गरेको थियो । यद्यपि उसले समुह बीको विजेता टोलीको चुनौती पार गरेको हो ।

 

जसको कारण क्वार्टरफाइनलमा क्रोएसियासँग खेल्दा रुसको मनोबल उच्च रहनेछ । आवश्यक परेको समयमा आक्रामक र रक्षात्मक दुवै किसिमको खेल पस्किनसक्ने क्षमता भएको कारण रुसको टोली राम्रो लयमा देखिएको हो ।

 

क्रोएसियाले पनि यो विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । समुह चरणको सबै खेलहरुमा स्पष्ट जितको नतिजा हासिल गरेको यो टोलीले अन्तिम १६ को खेलमा पनि डेनमार्कलाई पाखा लगाएको थियो । समुह चरणमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई हराउँदै आफूलाई अब्बल साबित गरेको यो टोलीमा केही राम्रा खेलाडीहरु रहेका छन् ।

 

समुह चरणको प्रदर्शनलाई जारी राख्ने हो भने क्रोएसियाले रुसलाई दबाबमा राख्नसक्छ तर क्वार्टरफाइनलको खेल हेर्ने हो भने यो खेल दुवै टोलीका लागि बराबरीको मौका बन्नसक्ने देखिन्छ ।
क्वार्टरफाइनलमा यी दुवै टोलीले टाइब्रेकरमा विपक्षीलाई पाखा लगाएका हुन् । जसले पनि शनिबारको खेल थप रोमाञ्चक हुनसक्ने देखिएको हो ।

 

लाइन अप
रसियाले शनिबारको खेलमा रक्षात्मक शैली अपनाउनसक्ने देखिन्छ । अन्तिम १६ को खेलमा स्पेनलाई रक्षात्मक शैलीबाट पराजित गरेको कारण पनि शनिबारको खेलमा उसको यस्तो रणनीति आउनसक्ने देखिन्छ ।

 

उसले शनिबारको खेलमा पाँच रक्षापंक्तिका खेलाडीहरुलाई मैदानमा उतार्नसक्छ भने चार खेलाडीहरुले मिडफिल्डको जिम्मा लिनसक्छन् । अग्रपंक्तिमा भने उसका एक खेलाडीले मात्र खेल्नसक्छन् । जसअनुसार रसियाले ५–४–१ को संरचनामा शनिबारको खेल खेलाउन सक्छ ।

 

क्रोएसियाले पनि शनिबारको खेलमा रक्षात्मक टोली मैदानमा उतार्नसक्छ । यद्यपि उसको टोली रसियाको तुलनामा भने केही आक्रामक किसिमको हुनेछ । क्रोएसिया शनिबार ४–२–३–१ को संरचनामा मैदानमा उत्रिने सम्भावना रहेको छ ।

 

हेड टु हेड
अहिलेसम्म रुस र क्रोएसियाको बीचमा तीनपटक प्रतिस्पर्धा भएको छ । जसमा क्रोएसियाले एकपटक जित हासिल गरेको छ भने दुई खेलहरु बराबरीमा सकिएका छन् ।

 

प्लेयर्स टु वाच
इगोर एकिन्फीभ (रुस)

स्पेनसँगको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर इगोर एकिन्फीभ शनिबारको खेलमा पनि महत्वपूर्ण खेलाडी बन्न सक्छन् । उनले स्पेनसँगको एक सय २० मिनेटमा केही उत्कृष्ट बचाउहरु गरेका थिए । साथै उनले दुई पेनाल्टि पनि रोकेका थिए । ३२ वर्षीय यी खेलाडीको भूमिका निकै महत्वपूर्ण हुनसक्छ ।

 

मारिओ मान्डुज्किक (क्रोएसिया)
शनिबारको खेलमा क्रोएसियालाई निकै कम मात्र मौका मिल्नेछ । त्यसैले क्रोएसियाको टोली फरवार्ड मारिओ मान्डुज्किकमा धेरै हदसम्म निर्भर हुनेछ । यो विश्वकपमा पनि उनले राम्रो प्रदर्शन गर्दै आएका छन् । शनिबारको खेलमा पनि रुसको रक्षापंक्तिका लागि यी खेलाडी टाउको दुखाइको विषय बन्नसक्छ ।

प्रकाशित मिति : २३ असार २०७५, शनिबार  १४ : ५०  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०