ब्रजिलको विश्वकप यात्रा सकियो, बेल्जियम सेमीफाईनलमा



हाम्रो इकोनोमि

 

रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताबाट पाँच पटकको बिजेता ब्रजिल बाहिरिएको छ। क्वार्टरफाईनलमा बेल्जियमले ब्रजिललाई २-१ गोलले पराजित गरेको हो।

खेलको १३औं मिनेटमा ब्रजिलका फर्नान्डिन्होले आत्मघाती गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमा बेल्जियमले ब्रजिललाई कुनै पनि मौका दिएको थिएन।

खेलको ३१औं मिनेटमा बेल्जियमका केविन डे ब्रुनीले गोल गर्दै बेल्जियमको अग्रता २-० बनाएका थिए। बल आफ्नो पक्षमा धेरै राखे पनि ब्राजिलले गरेका आक्रमणहरुलाई बेल्जियमको रक्षापंक्तिले निस्तेज पारेको थियो।

खेलको ७६औं मिनेटमा रेनाटो अगस्तोले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरेका थिए। त्यसपछि ब्रजिलले केही राम्रा आक्रमणहरु गरेको भए पनि गोलमा परिणत हुन सकेको थिएन।

बेल्जियमले सेमी फाईनलमा फ्रान्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...