ब्रजिलको विश्वकप यात्रा सकियो, बेल्जियम सेमीफाईनलमा



हाम्रो इकोनोमि

 

रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताबाट पाँच पटकको बिजेता ब्रजिल बाहिरिएको छ। क्वार्टरफाईनलमा बेल्जियमले ब्रजिललाई २-१ गोलले पराजित गरेको हो।

खेलको १३औं मिनेटमा ब्रजिलका फर्नान्डिन्होले आत्मघाती गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमा बेल्जियमले ब्रजिललाई कुनै पनि मौका दिएको थिएन।

खेलको ३१औं मिनेटमा बेल्जियमका केविन डे ब्रुनीले गोल गर्दै बेल्जियमको अग्रता २-० बनाएका थिए। बल आफ्नो पक्षमा धेरै राखे पनि ब्राजिलले गरेका आक्रमणहरुलाई बेल्जियमको रक्षापंक्तिले निस्तेज पारेको थियो।

खेलको ७६औं मिनेटमा रेनाटो अगस्तोले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरेका थिए। त्यसपछि ब्रजिलले केही राम्रा आक्रमणहरु गरेको भए पनि गोलमा परिणत हुन सकेको थिएन।

बेल्जियमले सेमी फाईनलमा फ्रान्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...