स्याङ्बोचेमा ट्रक दुर्घटना, कालिगण्डकी कोरिडोरमा कार्यरत १९ मजदुरको मृत्यु, १३ घाइते



हाम्रो इकोनोमि

फाईल तस्विर

 

मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रक दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।

दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रक सडकबाट खस्दा  १९ जनाको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिएका छन् ।

ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । उनीहरु चढेको चढेको बा २ क २२१९ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा१३ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको घटनास्थलमा रहेका प्रहरी हवल्दार परियारले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीसहितको टोली पनि घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...