संसारका मै हुँ भन्ने शक्तिशाली नेताहरु भ्रष्टाचार मुद्दामा समातिए, नेपालमा पनि समातिएला त ?



संसारमा ठूलठूला ब्यक्तिहरु भ्रष्टाचार मुद्धा लाग्ने र पक्राउ गर्ने काम भईरहेको छ । भर्खर मात्र मलेशियाका पूर्व प्रधानमन्त्री नजिब रज्जाक पक्राउ परे । ९२ वर्षिक महाथिर पुनः सत्तामा आएपछि मलेसियाको राजनीतिमा करिब ६० वर्ष भन्दा बढी समय बिताएका रज्जाकमाथि भ्रष्टाचारको मुद्धा लाग्यो र पक्राउ परेका हुन । पूर्वप्रधानमन्त्री रज्जाकमाथि ७५ अर्ब बढीको भ्रष्टाचार गरेको आरोप लागेको छ ।

मलेसियाको एक अनुसन्धान निकायले रज्जाकका श्रीमतीका गरगहना, बहुमुल्य सामान र नगद गरी २७ करोड डलर बराबरको सम्पत्ति समेत प्रहरीले जफथ गरेको छ । पूर्व प्रधानमन्त्रीका आफन्त, नातागोता तथा उनको कार्यकालमा सरकारका हर्ताकर्ता बनेका माथि समेत छानबिन सुरु भएको छ ।

रज्जाकका समर्थकले उनीमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन् । तर सरकारले भने राज्यस्रोतको दुरुपयोग गरेको भन्दै कडा कारवाही हुने जनाएको छ । अनुसनधान सुरु भएको छ । उनीमाथिको भ्रष्टाचारको आरोाप पुष्टि होला वा नहोला त्यो त आगामी दिनले नै देखाउँला तर मलेसियाको पछिल्लो घटनाले राजनीतिक नेतृत्व जनताप्रति भन्दा आनै व्यक्तिगत स्वार्थ र शक्तिका लागि जस्तो सुकै हर्कत गर्न पछि पर्दैनन् भन्ने देखाएको छ ।

संसारभर नै भ्रष्टाचारका कारण नैतिकता गुमेको, राजनीतिक साख गुमेको तथा राजनीतिक नेतृत्व जनता प्रति इमान्दार छैन भन्ने प्रष्ट देखिन्छ । राजनीतिक प्रणालीमा रहेको छिद्र खोजेर भ्रष्टाचार गर्ने, व्यक्तिगत सुख सयलका लागि खर्च गर्ने, शक्तिको दुरुपयोग गर्ने तथा त्यसैलाई माध्यम बनाएर गैरकानुनी तवरले सत्तम्पत्ति जोडन् प्रवृत्ति राजनीतिक नेतृत्वमा हावी भएको छ ।

सरकारी संयन्त्रको दुरुपयोग, राज्यको साधान स्रोतको दुरुपयोग गर्ने , व्यापारिक तथा पारिवारिक स्वार्थमा सरकारी संयन्त्र परिचालन गर्ने प्रवृत्ति पनि पछिल्लो दिनमा हावी भएको घटनाक्रमले पुष्टि गरेको छ । विश्व राजनीतिक इतिहासमा हेर्ने हो भने पछिल्ला दिनमा नेपालका छिमेकी तथा सुदूर दूरमा रहेका मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख समेत भ्रष्टाचारको मुद्दामा तानिएका छन् ।

कतिपय मुद्दा राजनीतिक विचार र सिद्धान्तसँग जोडिएका विषय पनि छन् । तर धेरै जसो मुद्दा भने चरम राज्य शक्तिको दुरुपयोगले निम्त्याएको चरम लुटको श्रृखलाको रुपमा नै रहेको पाइएको छ । वैदेशिक रोजगारीको लागि पछिल्लो दिनमा आकर्षक गन्तव्यको रुपमा रहेको दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गे उन हाईलाई शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरियो ।

एक वर्ष अघिको यो घटनाले संसार नै हल्लाइदिएको थियो । पदमा नै रहेका वखत उनीमाथि महाअभियोग लगाइयो र दोषी ठहर गरियो । उनलाई अदालले दोषी ठहर गर्दै २४ वर्षको कैद सजाय सुनाएको छ । हाल ६६ वर्षीय पूर्व राष्ट्रपतिको बाँकी जीवन कारावासमा नै सकिने निश्चित जस्तै देखिएको छ ।

उनीमाथि चरम घुस लिएको, सरकारको गोप्य सूचना बेचेको, आफन्सँग मिलेर भ्रष्टाचार गरेको जस्ता आरोप लागेको छ । यस्तै पछिल्लो पटक दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमा पनि भ्रष्टाचारको आरोपमा तानिए । उनलाई पनि शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । उनले पद नै त्याग्नुपर्ने र काराबासमा जानुपर्ने अवस्थाको सिर्जना भयो ।

यस्तै नेपालको नजिकैको छिमेकी देश पाकिसतानमा समेत भ्रष्टाचारको विषयले प्राथमिकता पाउने गरेको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएका नवाज सरिफ भ्रष्टाचारको अभियोगमा कारवाहीमा पर्नुपर्यो । यस्तै श्रृखला बंगलादेशमा पनि रहेको छ । पूर्व प्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल पठाइएको छ ।

खालिदा ब्रगलादेशमा १० वर्ष प्रधानमन्त्री भएकी थिइन । उनलाई राज्यशक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । बंगलादेशमा राजनीतिक रुपमा सिध्याउन भ्रष्टाचारको आरोप लगाइएको र खालिदालाई पनि त्यस्तै गरिएको आलोचकहरुले बताएका छ्न् । यस्तै फुटबलको महाशक्तिको रुपमा रहेको ब्राजिलका पूर्व राष्ट्रपति लुला डि सिल्भालाई पनि भ्रष्टाचारको आरोपमा कैद सजाय सुनाइएको छ ।

सो देशको सर्वोच्च अदालतले सिल्भालाई १२ वर्षको कैद सजाय सुनाएको छ । यस्तै पेरुमा पनि पूर्व राष्ट्रपति पाब्लोमाथि भ्रष्टाचारको आरोप लागेको छ । उनीमाथि लागेको आरोपको छानबिन भइरहेको छ । यस्तै भारत, पोर्चुगल, रोमानिया, इजरायल, सर्बियालगायतका देशका शीर्ष नेता तथा राजनीतिज्ञ माथि पनि भ्रष्टाचारको आरोप लागेको छ ।

कुनै समय शक्तिशाली र लोकप्रिय नेताहरु एक पछि अर्को गर्दै भ्रष्टाचारको आरोपमा पक्राउ परिरहेका छन् । यसले राजनीतिक इीतहास र विरासतलाई समेत धुलीसात बनाइदिएको मात्रै छैन, विगतका आदर्शका शिखरहरु नराम्ररी समेत ढलीरहेका छन् ।

नेपालको इतिहासमा हेर्ने हो भने पदमा नै रहेको बखत भ्रष्टाचारको आरोपमा जेल गएका भनेका पूर्व सञ्चार मन्त्री जयप्रकाशप्रसाद गुप्ता मात्रै अपवादका रुपमा रहेका छन् । नेपालमा पनि चरम रुपमा भ्रष्टाचार भइरहेको बताइएपनि राजनीतिक नेतृत्व हालसम्म पक्राउ परेका छैनन् ।

खरिदार, सूब्बालाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेर भ्रष्टाचार निमूल हुन नसक्ने देखिदा देखिदै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले खरदार सुब्बालाई पक्राउ गर्ने, अरुलाई छाडिदिने गरेको जस्तो अवस्था देखिएको छ ।

राजनीतिक तहमा हुने आर्थिक तथा नीतिगत भ्रष्टाचार रोक्ने दायित्व पाएको स्रवैधानिक निकायमा नियुक्त हुने व्यक्तिहरु कुनै न कुनै राजनीतिक दलको सिफारिशमा नियुक्त हुने गरेका कारण पनि नेपालमा भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन ।तर पनि नेपालका धेरैजसो ब्यक्तिहरु भ्रष्टारको आक्षेपबाट भने मुक्त छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु