क्वार्टफाइनलका आठ टोलीहरुः यस्तो छ इतिहास, कस्ले र्माला बाजी



हाम्रो इकोनोमि

 

रुस विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आठ टोलीहरुको बीचमा शुक्रबार र शनिबार प्रतिस्पर्धा हुनेछ । यो विश्वकपमा अनुमान गरिएभन्दा फरक किसिमका केही नतिजाहरु हासिल भएका छन् ।

 

जसको कारण केही आशा गरिएका टोलीहरु बाहिरिएका छन् भने असोचेका टोलीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । क्वार्टरफाइनलमा पुग्ने टोलीहरुले केही इतिहास पनि कायम गरेका छन् ।

 

यो विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली फ्रान्स हो । यो टोली अर्जेन्टिनालाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । सन् १९९८ को विश्वविजेता टोली सन् २००२ मा भने सहुहचरणबाट बाहिरिएको थियो ।

 

सन् २००६ मा यसले पुनः उपविजेत बनेको टोलीले सन् २०१० मा भएको विश्वकपमा पनि समुह चरणबाटै बिदा लिएको थियो ।

 

चार वर्षअघि भएको विश्वकपमा भने यो टोली क्वार्टफाइनलमा जर्मनीसँग पराजित भएको थियो । क्वार्टरफाइनलमा पुगेको उरुग्वेको लागि पनि यो विश्वकप निकै फलदायी देखिएको छ । सन् १९९८ मा विश्वकपमा छनोट नै नभएको यो टोली सन् २००२ मा छनोट भए पनि पहिलो चरणबाटै बाहिरिएको थियो ।

 

सन् २००६ मा पुनः छनोट हुन असफल भएको थियो । सन् २०१० को विश्वकपमा भने यो टोली सेमिफाइनलमा पुगेको थियो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अन्तिम १६ को खेलबाट बाहिरिएको टोली यसपटक भने क्वार्टरफाइनलमा पुगेको हो । उसको लागि सन् २०१० यताको यो सबैभन्दा ठुलो उपलब्धि हो ।

 

घरेलु टोली रसियाको लागि भने यो विश्वकप अविस्मरणीय रहन पुग्यो । स्पेनजस्तो टोलीलाई पाखा लगाएको यो टोलीको अहिलेसम्मको सबैभन्दा ठुलो उपलब्धि सेमिफाइनलसम्म पुग्नु रहेको छ ।

 

पछिल्लो पाँच विश्वकपको कुरा गर्ने हो भने यो टोलीले केवल दुई विश्वकपमा सहभागिता जनाएको थियो र ती दुवैमा समुहचरणबाट बाहिरिएको थियो । सन् २००२ र २०१४ को विश्वकपमा यो टोली सहभागी भएको थियो ।

 

रुस विश्वकपलाई स्मरणीय बनाउने अर्को टोली क्रोएसिया हो । यो टोलीले पनि रुसको भूमिका निकै महत्वपूर्ण सफलता पाएको छ । यो टोलीले सन् १९९८ मा पहिलोपटक क्रोएसियाको नामबाट खेलेको थियो । जुन प्रतियोगितामा यो टोली सेमिफाइनलमा पुगेको थियो ।

 

सन् २०१० को विश्वकपमा छनोट हुन नसकेको यो टोलीले त्यसयता लगातार विश्वकपमा सहभागिता जनाउँदै आएकोमा सबै प्रतियोगितामा समुहचरणबाटै घर फर्किएको थियो ।

यसपटक भने क्वार्टरफाइनल पुग्दै उसले २० वर्षपछि महत्वपूर्ण सफलता हासिल गरेको हो । ब्राजिल विश्वकप फुटबलमा सबैभन्दा सफल टोली हो ।

 

यो टोली सन् १९९० को विश्वकपयता कम्तीमा क्वार्टरफाइनलमा पुग्दै आएको छ । सन् १९९८ मा उपविजेतामा चित्त बुझाएको यो टोलीले सन् २००२ को विश्वकप जितेको थियो भने सन् २००६ र २०१० मा क्वाचर्टरफाइनलबाट बाहिरिएको यो टोली चार वर्षअघि आफ्नै घरमा भएको विश्वकपमा जर्मनीसँग सेमिफाइनलमा फराकिलो अन्तरले पराजित भएको थियो ।

 

बेल्जियमको लागि पनि रुस विश्वकप केही खास रहन पुग्यो । एकपटक सेमिफाइनलसम्म पुगेको यो टोली सन् १९९८ को विश्वकपमा समुहचरणबाटै बाहिरिएको थियो भने त्यसको चार वर्षपछि भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो । त्यसपछिका दुई विश्वकपमा छनोट हुन नसकेको टोली चार वर्षअघिको विश्वकपमा क्वार्टरफाइनलमा पुगेको थियो ।

 

चारपटक विश्वकपको सेमिफाइनलमा पुगेको स्विडेनको लागि पनि यो विश्वकप केही महत्वपूर्ण रहनपुग्यो । यो टोली सन् १९९४ यता पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । सन् १९९८ को विश्वकपमा छनोट हुन नसकेको यो टोली सन् २००२ र २००६ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो ।

 

त्यसयता पहिलो पटक रुस विश्वकपमा यो टोलीका लागि ढोका खुला भएको हो । एकपटक विश्वकपको उपाधि जितिसकेको इंगल्याण्डका लागि पनि यो विश्वकप केही महत्वपूर्ण बन्न पुग्यो । सन् २००६ यता यो टोली पहिलोपटक क्वार्टरफाइनलमा पुगेको हो ।

 

सन् १९९८ मा अन्तिम १६ बाट बाहिरिएको टोलीले सन् २००२ र २००६ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् सन् २०१० मा अन्तिम १६ मा पुगेको यो टोली सन् २०१४ मा भने समुहचरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

    नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना...

आयल निगमले भन्यो १५ दिनमा पाँच अर्ब ७५ करोड घाटा हुन्छ

  नेलाल आयल निगमले मूल्य वृद्धि पश्चात पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६...

वाम एकता होइन, सुधारिएको एमाले बनाऔँ : सुरेन्द्र पाण्डे

    नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा...

मलाई स्पष्टीकरण सोध्नु नै हास्यास्पद : पूर्णबहादुर खड्का

    नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका...