पहिलो क्वार्टरफाइनल भिडन्तः उरुग्वे भर्सेस फ्रान्स, यस्तो छ अवस्था, फ्रान्सले जित्ने यस्तो छ कारण



 

विश्वकप फुटबलको पहिलो क्वार्टरफाइनलको खेलमा शुक्रबार फ्रान्स र उरुग्वे भिड्दैछन्  । उपाधि दाबेदार मानिएका यी दुई टोलीहरुको बीचमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे प्रतिस्पर्धा हुन गइरहेको हो ।

 

दुईपटकको विश्वकप विजेता उरुग्वे र एकपटकको विश्वकप विजेता फ्रान्सबीचको यो प्रतिस्पर्धा निकै महत्वपूर्ण हुने अनुमान गरिएको छ ।

 

उरुग्वेले यो विश्वकपमा निकै राम्रो पदर्शन गरेको छ । समुह ए को यो टोलीले समुह चरणको तीन खेलमा स्पष्ट जित हासिल गरेको थियो । समुह चरणका सबै खेलहरुमा उरुग्वेले एकैनासको प्रदर्शन गरेको थियो भने अन्तिम १६ को खेलमा पनि उसले बलियो मानिएको पोर्चुगललाई पाखा लगाएको थियो ।

 

यो विश्वकपको समुह चरणका खेलहरुमा निकै नाटकीय शैलीका नतिजाहरु हासिल भइरहेको अवस्थामा उरुग्वेले भने आफ्नो एकैनासको प्रदर्शन जारी राखेको हो ।

 

त्यतिमात्र होइन यो टोलीले आफ्नो समुह चरणका तीन खेलमा एक गोल पनि खाएको थिएन । यद्यपि अन्तिम १६ को खेलमा भने उसले पोर्चुगलसँग एक गोल खाएको थियो ।

 

यस विश्वकपको सुरुवाती खेलहरुमा गरेको प्रदर्शनको कारण शुक्रबारको खेलमा दक्षिण अमेरिकी टोली बलियो आत्मविश्वासको साथमा मैदानमा उत्रिनेछ ।

 

समुह सीको विजेताको हैसियतमा अन्तिम १६ मा पुगेको फ्रान्सको टोली युवा खेलाडीहरुले भरिएको छ । यो टोली कुनै पनि टोलीलाई हराउने सामथ्र्य भएको टोली हो । समुहचरणमा पनि यो टोलीले निकै राम्रो प्रदर्शन गरेको थियो ।

 

समुह चरणका तीन खेलमा फ्रान्सले दुई टोलीलाई हराएको थियो भने अन्तिम खेलमा बराबरीको नतिजा हासिल गरेको थियो । यस्तोमा सात अंकका साथमा फ्रान्सले अन्तिम चरणमा स्थान बनाएको थियो । अन्तिम १६ को खेलमा उसले अर्जेन्टिनाजस्तो बलियो प्रतिद्वन्द्वीलाई पाखा लगाएको थियो ।

 

फ्रान्सले समुह चरणमा आफ्नो सन्तुलित खेल प्रस्तुत गरेको थियो । ठुला भनिएका टोलीहरुको प्रदर्शन कमजोर रहेको अवस्थामा फ्रान्सले पनि समुहका कुनै पनि खेल हारेन । अन्तिम १६ को खेलमा फ्रान्स उच्चस्तरीय प्रदर्शन गरेको थियो ।

 

लाइन अप 
शुक्रबारको खेलमा उरुग्वेले यसअघिको जस्तै खेल पस्किनसक्छ । उसले अग्रपंक्तिमा आफ्ना दुई खेलाडीहरु राख्दै मिडफिल्डमा चार जना खेलाडीहरु राख्नसक्छ भने रक्षापंक्तिमा समान चार खेलाडी राख्ने उसको रणनीति हुनसक्छ । जसअनुसार उसले ४–४–२ को संरचनामा आफ्ना खेलाडीहरु मैदानमा उतार्न सक्छ ।

 

फ्रान्सको खेल यो विश्वकपमा केही आक्रामक देखिएको छ । अन्तिम १६ को खेलमा उसले निकै आक्रामक किसिमको खेल प्रस्तुत गरेको थियो ।

 

सोहीअनुसार शुक्रबारको खेलमा उसले अग्रपंक्तिमा एक खेलाडी राख्दै बाँकी दुई दुई खेलाडीहरु अग्रपंक्तिभन्दा केही तल राखी आक्रामक मिडफिल्ड उतार्नसक्ने देखिन्छ भने मिडफिल्डमा तीन जना रहँदा चारजनाले रक्षापंक्तिको भूमिका निर्वाह गर्नसक्छन् । जसअनुसार उसले ४–३–२–१ को संरचनामा खेल खेलाउन सक्छ ।

 

हेड टु हेड 
अहिलेसम्म फ्रान्स उरुग्वेको बीचमा आठपटक प्रतिस्पर्धा भएको छ । जसमा उरुग्वेले तीन पटक जित हासिल गरेको छ भने फ्रान्स एकपटक विजयी भएको छ । बाँकी चार खेलहरु बराबरीमा सकिएका छन् ।

अहिलेसम्म विश्वकपमा भने फ्रान्सले उरुग्वेलाई हराउन सकेको छैन । सन् १९६६ को विश्वकपमा उरुग्वेले फ्रान्सलाई २–१ ले हराएको थियो भने सन् २००२ र २०१० मा भएको भेटमा ०–० को बराबरीको नतिजा हासिल भएको थियो ।

 

प्लेयर्स टु वाच
लुइस स्वारेज (उरुग्वे)

शुक्रबारको खेलमा उरुग्वेका लुइस स्वारेजको भूमिका निकै महत्वपूर्ण बन्न सक्छ । समुहचरण देखि नै उनले निकै राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । अन्तिम १६ को खेलमा पनि उनले गोलको लागि सहयोगीको भूमिका निर्वाह गरेका थिए । शुक्रबारको खेलमा पनि उनको प्रदर्शन राम्रो रहने अनुमान गरिएको छ ।

 

एन्टोनि ग्रिजम्यान (फ्रान्स) 
एन्टोनि ग्रिजम्यान शुक्रबार आफ्ना निकै नजिकका साथीको विरुद्धमा मैदानमा उत्रिनेछन् । उरुग्वेका रक्षापंक्तिका खेलाडी डिएगो गडइनसँग निकै नजिकको सम्बन्ध रहेको छ । अन्तिम १६ को खेलमा एक महत्वपूर्ण गोल गरेका यी खेलाडीको भूमिका शुक्रबारको खेलमा पनि महत्वपूर्ण बन्नसक्छ ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार  ०७ : २०  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०