नेयमारले गरे क्वार्टरफाइनल अभ्यास छोरासँग, भने यसपटक जित्ने मै हो



 

ब्राजिलियन स्टार नेयमारले आफ्नो छोरासँगै फुटबलको अभ्यास गरेका छन् । क्वार्टरफाइनलको आगामी खेलको लागि तयारीमा रहेका नेयमार बुधबार भने छोराको साथमा मैदानमा देखिएका हुन् ।

 

बुधबारको अभ्यासमा केही समय उनले आफ्नो छोरा डाभी लुकासँग बिताएका थिए । रक्षापंक्तिका मार्सेलो र गोलरक्षक एलिसनले पनि एक दिनअघि आफ्ना बच्चाहरुसँग फुटबल खेलेका थिए ।
शुक्रबार ब्राजिल र बेल्जियमको विरुद्धमा क्वार्टरफाइनलको खेल हुन गइरहेको कारण ब्राजिल अहिले पूर्ण तयारीमा देखिएको हो ।

नेयमारले गरे क्वार्टरफाइनल अभ्यास छोरासँग खेल्दै उनले भने यसपटक जित्ने मै हो ।

बुधबारको अभ्यासमा नेयमारमा सबैको आँखा रहेको थियो । यो विश्वकपमा आफ्नो गतिविधिको कारण नेयमार सबैभन्दा बढी आलोचित बनेको कारण पनि उनीमा धेरैको आँखा परेको हो ।

 

गत सोमबार अन्तिम १६ को खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको थियो । अभ्यासको क्रममा केही सामान्य किसिमको तालिम मात्र दिइएको भए पनि यो समय आगामी खेलको लागि फिट रहन निकै महत्वपूर्ण रहेको बताइएको छ ।

 

ब्राजिलले क्वार्टरफाइनलमा बेल्जियमलाई पाखा लगाउन सकेको खण्डमा उसको भेट सेमिफाइनलमा उरुग्वे वा फ्रान्ससँग पर्नेछ । पाँचपटकको उपाधि विजेता ब्राजिलले सन् २००२ यता भने विश्वकपको उपाधि जित्न सकेको छैन ।

प्रकाशित मिति : २१ असार २०७५, बिहिबार  १० : ३९  बजे

प्रतिक्रिया दिनुहोस
वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाइयो, पदाधिकारी १५ मात्र हुने

    नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने भएको छ । बिहीबार

विद्या भण्डारी राजनीतिमा आउनुहुन्न : अध्यक्ष ओली

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा