नेयमारले गरे क्वार्टरफाइनल अभ्यास छोरासँग, भने यसपटक जित्ने मै हो



हाम्रो इकोनोमि

 

ब्राजिलियन स्टार नेयमारले आफ्नो छोरासँगै फुटबलको अभ्यास गरेका छन् । क्वार्टरफाइनलको आगामी खेलको लागि तयारीमा रहेका नेयमार बुधबार भने छोराको साथमा मैदानमा देखिएका हुन् ।

 

बुधबारको अभ्यासमा केही समय उनले आफ्नो छोरा डाभी लुकासँग बिताएका थिए । रक्षापंक्तिका मार्सेलो र गोलरक्षक एलिसनले पनि एक दिनअघि आफ्ना बच्चाहरुसँग फुटबल खेलेका थिए ।
शुक्रबार ब्राजिल र बेल्जियमको विरुद्धमा क्वार्टरफाइनलको खेल हुन गइरहेको कारण ब्राजिल अहिले पूर्ण तयारीमा देखिएको हो ।

नेयमारले गरे क्वार्टरफाइनल अभ्यास छोरासँग खेल्दै उनले भने यसपटक जित्ने मै हो ।

बुधबारको अभ्यासमा नेयमारमा सबैको आँखा रहेको थियो । यो विश्वकपमा आफ्नो गतिविधिको कारण नेयमार सबैभन्दा बढी आलोचित बनेको कारण पनि उनीमा धेरैको आँखा परेको हो ।

 

गत सोमबार अन्तिम १६ को खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको थियो । अभ्यासको क्रममा केही सामान्य किसिमको तालिम मात्र दिइएको भए पनि यो समय आगामी खेलको लागि फिट रहन निकै महत्वपूर्ण रहेको बताइएको छ ।

 

ब्राजिलले क्वार्टरफाइनलमा बेल्जियमलाई पाखा लगाउन सकेको खण्डमा उसको भेट सेमिफाइनलमा उरुग्वे वा फ्रान्ससँग पर्नेछ । पाँचपटकको उपाधि विजेता ब्राजिलले सन् २००२ यता भने विश्वकपको उपाधि जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...