गायक राजु दंगालको सांगीतिक संघर्ष र यात्रा यस्तो छ।



हाम्रो इकोनोमि

झापाली युवा गायक राजु दंगालका गीतले सांगीतिक बजारमा चर्चा पाइरहेका छन् ।

उनले गाएका गीतहरु धेरै क्याम्पसे ठिटा ठिटीहरुका मुखमा गुञ्जिने मात्र हैन मोबाइलको रिङ ब्याक टोन मार्फत अरु धेरै फोनकर्ताले पनि सुन्दै आएका छन् ।

उनि प्रबेशिका परीक्षा दिएपछि फूसर्दिला बनेपछि संगीततिर ढल्किएको बताउँछन् । यही क्रममा उनले कैयौं दिनसम्म कोठाको ढोका थुनेर गायनको अभयास समेत गरे ।

’ त्यसपछि आत्मबिश्वास संगालेर स्टेजमा निस्किएको हुँ’ –राजुले सुनाए – ‘स्टेजमा श्रोता र दर्शकले दिएको ताली र वाहवाहीले मलाई यो क्षेत्रमा डेगिलो बन्न प्रेरणा मिल्यो ।’

उनले हजारौं दर्शक जम्मा हुने उनकै घर छिमेकको माइमेला, पथरी र बिराटनगरका स्टेजमा अग्रज कलाकारका गीतमा स्वर दिएपछि उनी साँच्चिकै श्रोताले रुचाइएका गायकमा दरिए ।

दंगालका छिमेकी सञ्चारकर्मी बिनोद सापकोटाका अनुसार गीतार र हारमुनियम जस्ता बाजामा सानैदेखि रमाउने राजुले गायक र संगीतकार बन्ने लक्षण बालकालमै देखाएका थिए ।

डेढ बर्षभित्र सातवटा गीत तयार गरें’ लामो कपाल मिलाउदै राजुले भने – ‘गीत तयार गरेपछि एल्बम निकाल्ने कुराको निधो गरेको हुँ ।’

ती गीतहरुमा संगीत राजुले आफैं भरे । एल्बमको नाम राखे ‘मी एलोन फर यू’ अर्थात् तिम्रो लागि म एक्लै । एल्बमको नामले नै तन्नेरी तरुनीहरु तानिएकोले उनका फ्यानहरु प्रशश्तै निस्किए ।
गायक राजुले आफनो एल्बमको हालै भिडियो पनि सार्वजनिक गरेका छन् ।

सुटिङका लागि उनले काठमाडौं भक्तपुर रोजेका छन् ।
पहिलो दोस्रो एल्बमको मज्जाको प्रतिक्रियाबाट हौसिएका राजुले तेस्रो एलबमको तयारी गरिरहेका छन् । किशोर किशोरी केन्द्रित तीनवटा गीत तयारी गरिसकेको उनले बताए ।

स्नातक दोस्रो बर्ष पढ्दै गरेका सतासीधाम ७ का राजु दंगाल सांगितिक बजारमा आफ्नो वेग्लै परिचय बनाउन सफल बनुन् मज्जाको अनलाईनको तर्फबाटसफलताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...