भारतीय कांग्रेसका नेता राहुल गान्धमाथी यौन दुव्र्यवहारको मुद्दा, २८ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको खुलासा



हाम्रो इकोनोमि

 

भारतीय कांग्रेसकी सामाजिक सञ्जाल एकाइकी प्रमुख एक २८ वर्षीया महिलाले पार्टीका अर्का सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।

 

कांग्रेस आईकी सामाजिक सञ्जाल प्रमुख दिव्या स्पन्दनाले यौन दुव्र्यवहार गरेको आरोपमा आफ्ना सहकर्मीमाथि मुद्दा दायर गरेकी हुन् ।

 

उनले आफ्ना सहकर्मी चिरङ्ग पटानिकले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी छिन् । पछिल्लो समय महिला सशक्तिकरणको लागि आवज उठाउँदै आएको पार्टीका लागि ठुलो धक्का पुगेको बताइएको हो ।

 

पीडितले गत जुन ११ मा अल्पसंख्यक समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै दिल्ली प्रहरीमा उजुरी दिएकी हुन् ।

 

पीडितका अनुसार आफू कम्प्युटरमा व्यस्त रहेको समयमा पछाडिबाट पटानिकले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको परीक्षण गर्ने गरेका थिए । काम गर्दै गर्दा सहकर्मीले आफ्नो निकै नजिक आएर असामान्य तवरले दुव्र्यवहार गर्ने गरेको उल्लेख गरेकी छिन् ।

 

यद्यपि पटानिकले भने यो आरोप अस्वीकार गर्दै अफिसमा आफूहरु कम्तीमा एक दशमलव २ मिटरको दूरीमा टाढा रहने गरेको बताएका छन् ।

 

पीडितले भने कार्यालयमा उनी शक्तिमा आएदेखि नै यस दुव्र्यवहारहरुको सामना गर्दै आएको बताएकी छिन् । उनले आफ्नो राजगारी खाइदिने धम्कीमा आफू दुव्र्यवहारको सामना गर्नुपरेको बताएकी छिन् ।

 

गत मार्च महिनामा उनलाई सामाजिक सञ्जाल प्रमुखको रुपमा ल्याइएको थियो । उनले आधिकारिक ट्वीटर एकाउन्ट तथा कम्युनिकेसनको जिम्मेवारी लिँदै आएकी थिइन् ।

 

पीडितले यस विषयमा पार्टीको कमिटिमा पनि यस किसिमको गुनासो गरिएको भए पनि कुनै सुनुवाई भने नभएको दुखेसो पोखेकी छिन् । यो मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरोमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...