यी हुन् रुस विश्वकपका सर्वाधिक गोलकर्ता, कसले पाउला गोल्डेन बुट, कस्ले कति गोल हाने, नाम सहित



हाम्रो इकोनोमि

 

 

विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने ८ टिमको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेकाे छ । विश्वकपको उपाधिलाई लिएर जति चासो छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ ।

 

गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । जारी विश्वकपमा उनले गरेकाे गाेल संख्या ६ छ ।

मंगलबार राति भएको खेलमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेपछि गोल्डेन बुटमा केनको सम्भावना बढेको हो ।

 

कोलम्बियासँगको खेलमा ५७ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका उनले आफ्नो गोलसंख्या ६ पुर्याए । गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पछ्याइरहेका छन् । उनको गोल संख्या ४ छ ।

 

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल नै गरेका छन् ।  पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले उनको कुनै चुनौती छैन ।

 

त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन ।

 

समूह चरणका दुई खेलमा केनले ५ गोल गरेका थिए । ट्युनिशियाविरुद्ध दुई गोल गरेका उनले पानामा विरुद्धको खेलमा ह्याट्रिक नै गरेका थिए । ६ गोल गरेका केनले ३ गोल भने पेनाल्टीमार्फत गरेका हुन् ।

 

यी हुन रुस विश्वकपका उच्च गोलकर्ता

१. ह्यारी केन, इंग्ल्याण्डः ६ गोल
२. क्रिस्टियानो रोनाल्डो, पोर्चुगलः ४ गोल
३. रोमेलु लुकाकु, बेल्जियमः ४ गोल
४. एडिन्सन काभानी, उरुग्वेः ३ गोल
५. डेनिस चेरिसेभ, रुसः ३ गोल
६. डिएगो कोस्टा, स्पेनः ३ गोल
७. आर्टेम डिजुबा, रुसः ३ गोल
८. किलियन एमबाप्पे, फ्रान्सः ३ गोल
९. यारी मिना, कोलम्बियाः ३ गोल

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...