यी हुन् रुस विश्वकपका सर्वाधिक गोलकर्ता, कसले पाउला गोल्डेन बुट, कस्ले कति गोल हाने, नाम सहित



हाम्रो इकोनोमि

 

 

विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने ८ टिमको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेकाे छ । विश्वकपको उपाधिलाई लिएर जति चासो छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ ।

 

गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । जारी विश्वकपमा उनले गरेकाे गाेल संख्या ६ छ ।

मंगलबार राति भएको खेलमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेपछि गोल्डेन बुटमा केनको सम्भावना बढेको हो ।

 

कोलम्बियासँगको खेलमा ५७ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका उनले आफ्नो गोलसंख्या ६ पुर्याए । गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पछ्याइरहेका छन् । उनको गोल संख्या ४ छ ।

 

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल नै गरेका छन् ।  पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले उनको कुनै चुनौती छैन ।

 

त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन ।

 

समूह चरणका दुई खेलमा केनले ५ गोल गरेका थिए । ट्युनिशियाविरुद्ध दुई गोल गरेका उनले पानामा विरुद्धको खेलमा ह्याट्रिक नै गरेका थिए । ६ गोल गरेका केनले ३ गोल भने पेनाल्टीमार्फत गरेका हुन् ।

 

यी हुन रुस विश्वकपका उच्च गोलकर्ता

१. ह्यारी केन, इंग्ल्याण्डः ६ गोल
२. क्रिस्टियानो रोनाल्डो, पोर्चुगलः ४ गोल
३. रोमेलु लुकाकु, बेल्जियमः ४ गोल
४. एडिन्सन काभानी, उरुग्वेः ३ गोल
५. डेनिस चेरिसेभ, रुसः ३ गोल
६. डिएगो कोस्टा, स्पेनः ३ गोल
७. आर्टेम डिजुबा, रुसः ३ गोल
८. किलियन एमबाप्पे, फ्रान्सः ३ गोल
९. यारी मिना, कोलम्बियाः ३ गोल

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...