विश्वकपको क्वार्टरफाइनल समिकरण : कसको खेल कहिले कोसँग ?, को को पुग्दैछ सेमी फाइनलमा



हाम्रो इकोनोमि

 

रसियामा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ । मंगलबार राती अन्तिम प्रि–क्वार्टरफाइनलको खेल सकिएसंगै अन्तिम आठमा पुग्ने देशको टुङ्गो लागेको हो ।

क्वार्टरफाइनलमा फ्रान्स, उरुग्वे, रुस, क्रोएशिया, ब्राजिल, बेल्जियम, स्वीडेन र इंग्ल्याण्ड पुग्दा अन्तिम १६ बाटै घर फर्किने अभागि टोलीमा भने अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, जापान, मेक्सिको, स्विजरल्याण्ड र कोलम्बिया रहेका छन् ।

फ्रान्सले अर्जेन्टिनालाई हराएर अन्तिम आठमा स्थान बनाउँदा उरुग्वेले पोर्चुगललाई पराजित गरेर क्वार्टरफाइनलको यात्रा तय गर्न सफल भएको हो ।

 

यस्तै आयोजक रुसले स्पेनलाई, क्रोएशियाले डेनमार्कलाई, ब्राजिलले मेक्सिकोलाई, बेल्जियमले जापानलाई, स्विडेनले स्विजरल्याण्डलाई र इंग्ल्याण्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन् ।

अब क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वे, आयोजक रुसले क्रोएशिया, ब्राजिलले बेल्जियम र इंग्ल्याण्डले स्वीडेनसँग प्रतिस्प्रर्धा गर्ने भएका छन् ।

 

फ्रान्स र उरुग्वेबीचको खेल असार २२ गते शुक्रबार बेलुकी पौने ८ बजे हुने छ भने पाँच पटकको विश्वकप विजेता ब्राजिल र उदयमान बेल्जियमबीचको भिडन्त सोही राती पौने १२ बजे हुने छ ।

यस्तै स्विडेन र इंग्ल्याण्डबीचको खेल असार २३ गते शनिबार बेलुकी पौने ८ बजे हुने छ भने आयोजक रुस र क्रोएशियाबीचको भिडन्त शनिबर रातीनै पौने १२ बजे हुने छ ।

समूह चरणमा जर्मनीको बहिर्गमनसँगै सुरु भएको अप्रत्यासित नतिजाको क्रम नकआउट चरणमा पनि रोकिएन । उपाधि दावेदार टोलीहरु स्पेन, पोर्चुगल र अर्जेन्टिनाले यस विश्वकपमा अन्तिम १६ बाट माथि जान सकेनन् ।

यससँगै विश्व फुटबलमा मेस्सी र रोनाल्डो युगको पनि अन्त्य भएको विश्लेषण धेरैको छ । केलिन एमबाप्पे, रोमेलु लुकाकु, ह्यारी केन, नेइमार युगको सुरु भएको मानिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...