विश्वकप फुटबलमा यसरी फहरायो नेपाली झण्डा



 

 

रसियामा जारी विश्वकप फुटबलमा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ। राष्ट्रिय झण्डासँगै नेपाली मौलिक बाजा मादलसमेत रंगशाला भित्रै घन्काइएको अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्बाङले रसियाबाट फोनमा जानकारी दिए।

विश्वकप फुटबल हेर्न रसिया गएका एन्फा उपाध्यक्ष नेम्बाङ र उनकी श्रीमती नेपाली फुटबल जर्सीमा नै रंगशालामा उपस्थित भएका थिए। नेम्बाङको नेतृत्व ३८ सदस्यीय नेपाली टोली रसिया पुगेको हो।

एन्फा उपाध्यक्ष सहितको टोलीले दुईवटा म्याच प्रत्यक्ष हेरेको छ भने गएराति भएको इंग्लाण्ड र कोलम्बियाबिचको खेल हेरेपछि नेपाल फर्किने तयारी भइरहेको नेम्बाङले बताए।

आयोजक रसिया र स्पेनबिच भएको प्रिक्वाटर फाइनल खेल उनीहरुले पहिला हेरेका थिए।

नेपाली राष्ट्रिय झण्डासहित पुगेका एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उनकी श्रीमती दिपकला लिङदेन, छोरा पातुङहाङ, इलाम माइभ्याली क्लबका विप्लव कोइराला, एन्फा अन्तर्गत काठमाडौँ क्लबका प्रतिनिधिसहितको टोलीले रंगशालामा नै गएर खेल हेरेका हुन्।

‘हामीले सकेसम्म नेपाललाई विश्वसामु चिनाउने प्रयत्न गरेका छौं,’ रसियाबाट नेम्बाङले भने, ‘दुईवटा खेल हेरेपछि हामी फर्कने तर्खर गर्दैछौँ।’

प्रकाशित मिति : २० असार २०७५, बुधबार  १० : २५  बजे

प्रतिक्रिया दिनुहोस
पठनपाठन राेकिएपछि इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन

     त्रिविको कारण पठनपाठन ठप्प भएको भन्दै इन्जिनियरिङका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्

भदौ ३१ मा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण

    प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने

केपी ओली र विद्या भण्डारीबीच भेटघाट हुँदै

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी

वित्तीय प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको