विश्वकप फुटबलमा यसरी फहरायो नेपाली झण्डा



हाम्रो इकोनोमि

 

 

रसियामा जारी विश्वकप फुटबलमा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ। राष्ट्रिय झण्डासँगै नेपाली मौलिक बाजा मादलसमेत रंगशाला भित्रै घन्काइएको अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्बाङले रसियाबाट फोनमा जानकारी दिए।

विश्वकप फुटबल हेर्न रसिया गएका एन्फा उपाध्यक्ष नेम्बाङ र उनकी श्रीमती नेपाली फुटबल जर्सीमा नै रंगशालामा उपस्थित भएका थिए। नेम्बाङको नेतृत्व ३८ सदस्यीय नेपाली टोली रसिया पुगेको हो।

एन्फा उपाध्यक्ष सहितको टोलीले दुईवटा म्याच प्रत्यक्ष हेरेको छ भने गएराति भएको इंग्लाण्ड र कोलम्बियाबिचको खेल हेरेपछि नेपाल फर्किने तयारी भइरहेको नेम्बाङले बताए।

आयोजक रसिया र स्पेनबिच भएको प्रिक्वाटर फाइनल खेल उनीहरुले पहिला हेरेका थिए।

नेपाली राष्ट्रिय झण्डासहित पुगेका एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उनकी श्रीमती दिपकला लिङदेन, छोरा पातुङहाङ, इलाम माइभ्याली क्लबका विप्लव कोइराला, एन्फा अन्तर्गत काठमाडौँ क्लबका प्रतिनिधिसहितको टोलीले रंगशालामा नै गएर खेल हेरेका हुन्।

‘हामीले सकेसम्म नेपाललाई विश्वसामु चिनाउने प्रयत्न गरेका छौं,’ रसियाबाट नेम्बाङले भने, ‘दुईवटा खेल हेरेपछि हामी फर्कने तर्खर गर्दैछौँ।’

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...