विश्वकपबाट बाहिरियोे जापान, यो सँगै सकयो एशियाली मुलुकको विश्वकप पुग्ने सपना



हाम्रो इकोनोमि

रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलको सोमबारको खेलपछि जापान पनि बाहिरिएको छ । समुहको तीनै खेलमा जित हासिल गरेको बेल्जियम र अन्तिम १६ मा पुगेको एकमात्र एसियन मुलुकको बीचमा महत्वपूर्ण प्रतिस्पर्धा भएको थियो ।

बेल्जियमले जापानलाई ३–२ गोल अन्तरमा पराजित गरेको थियो । मध्यान्तर अघिसम्म जापान र बेल्जियम दुबैले गोल गर्न नसकेकोमा दोस्रो हापमा दुई गोल गर्दै बेल्जियमले जापानी टोलीलाई पराजित गरेको थियो ।

यसपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्ने जापान तेस्रो एसियाली मुलुक बन्ने सम्भावना लगभग पक्का जस्तो देखिएको थियो । तर केही समयपछि युरोपेली टोली बेल्जियमले खेल बराबरीमा ल्याउन सफल भयो । यस पछिको एक गोलले बेल्जियलाई विजय दिलायो ।

आफूहरुले अग्रता लिएपछि पनि सफलता प्राप्त गर्न नसककोमा जापानी प्रशिक्षक अकिरा निशिनोले आफू स्तब्ध भएको बताउनुभएको छ । आगामी शुक्रवार अब बेल्जियमले पाँच पटक विश्वविजेता रहिसकेको ब्राजिलको सामना गर्नेछ ।

यसअघि सोमवार नै पहिलो चरणमा सम्पन्न प्रतियोगितामा मेक्सिकोलाई २–० गोल अन्तरले हराउँदै विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिल क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...