विश्वकपबाट बाहिरियोे जापान, यो सँगै सकयो एशियाली मुलुकको विश्वकप पुग्ने सपना



हाम्रो इकोनोमि

रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलको सोमबारको खेलपछि जापान पनि बाहिरिएको छ । समुहको तीनै खेलमा जित हासिल गरेको बेल्जियम र अन्तिम १६ मा पुगेको एकमात्र एसियन मुलुकको बीचमा महत्वपूर्ण प्रतिस्पर्धा भएको थियो ।

बेल्जियमले जापानलाई ३–२ गोल अन्तरमा पराजित गरेको थियो । मध्यान्तर अघिसम्म जापान र बेल्जियम दुबैले गोल गर्न नसकेकोमा दोस्रो हापमा दुई गोल गर्दै बेल्जियमले जापानी टोलीलाई पराजित गरेको थियो ।

यसपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्ने जापान तेस्रो एसियाली मुलुक बन्ने सम्भावना लगभग पक्का जस्तो देखिएको थियो । तर केही समयपछि युरोपेली टोली बेल्जियमले खेल बराबरीमा ल्याउन सफल भयो । यस पछिको एक गोलले बेल्जियलाई विजय दिलायो ।

आफूहरुले अग्रता लिएपछि पनि सफलता प्राप्त गर्न नसककोमा जापानी प्रशिक्षक अकिरा निशिनोले आफू स्तब्ध भएको बताउनुभएको छ । आगामी शुक्रवार अब बेल्जियमले पाँच पटक विश्वविजेता रहिसकेको ब्राजिलको सामना गर्नेछ ।

यसअघि सोमवार नै पहिलो चरणमा सम्पन्न प्रतियोगितामा मेक्सिकोलाई २–० गोल अन्तरले हराउँदै विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिल क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...