२ दिनदेखि परेको पानीले छक्का पन्जा ३ यूनिट लाई तनाव, यस्तो छ कारण



हाम्रो इकोनोमि

२ दिनदेखि परेको पानीले छक्का पन्जा ३ यूनिट लाई तनाव दिएको छ । कारण, यो सिनेमाको एउटा गीतको छायांकन काठमाण्डौको गोकर्ण रिसोर्टमा सुरु त गरियो । तर, निरन्तर पानी पर्दा समस्या उत्पन्न भएको हो ।

पानीका कारण सिनेमाको गीतको छायांकन अधुरै रहन पुगेको निर्माता दीपकराज गिरीले बताएका छन् । निरन्तर पानी परेपछि छायांकन स्थगित गरिएको निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् ।

छायांकन भैरहेको गीतमा स्वस्तिमा खड्का, बर्षा राउत, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, दीपकराज गिरी, दीपिका प्रसाई लगायत सबै कलाकारले अभिनय गर्ने तयारी गरेका थिए ।

तर, गीतको छायांकन अब करिब एक साता पछि सार्ने योजना दीपक र दीपाको छ । दशैको फूलपातिबाट रिलिज हुने गीत चाडै नै प्रचारका लागि बजारमा ल्याउने तयारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...