प्रि-क्वाटरफाइनलको अन्तिम खेल आज : क-कसले मार्लान् बाजी ?



हाम्रो इकोनोमि

रसियामा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम खेलहरु हुँदैछन् ।

आज हुने  पहिलो खेलमा स्विडेन र स्विजरल्याण्ड भिड्दा दोस्रो खेलमा कोलम्बिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शुरु हुनेछ भने दोस्रो खेल राती ११ः४५ मा हुनेछ ।

पहिलो खेलमा भिड्न लागेका दुई युरोपेली टोली स्विडेन र स्विजरल्याण्डले जारी विश्वकपमा औसत प्रदर्शन गरेका छन् । समूह एफमा स्विेडेनले कोरिलाई एक शुन्यले हराएको थियो भने जर्मनीसँग २–१ गोल अन्तरले पराजित भएको थियो

। त्यस्तै समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई तीन शुन्य गोल अन्तरले हराएको थियो ।

यस्तै समूह इको उपविजेता स्वीट्जरल्याण्डले सर्बियालाई २–१ गोल अन्तरले हराउँदा कोष्टारिकासँग २–२ गोलको बराबरी खेलेको थियो भने ब्राजिलसँग १–१ को ड्र नै खेलेको थियो ।

स्वीट्जरल्याण्ड ६४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यसहित आज मैदान उत्रिदै छ । १९५४ को विश्वकपमा पछि स्वीट्जरल्याण्ड क्वार्टरफाइनलसम्म पुग्न सकेको छैन्।

आजै हुने दोस्रो खेलमा भिड्न लागेका कोलम्बिया र इङ्ल्याण्डबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । राती पानै १२ बजे पार्टक रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु हुने छ ।

कोलम्बिया समूह ‘एच’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । इंग्ल्यान्ड भने समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो । मंगलबारको खेलबाट क्वाटरफाइनलमा पुग्ने सबै आठ टोलीको छिनोफानो लाग्ने छ ।

जारी विश्वकपमा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरीसकेका छन् । अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापानले अन्तिम आठको यात्रा गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...