प्रि-क्वाटरफाइनलको अन्तिम खेल आज : क-कसले मार्लान् बाजी ?



हाम्रो इकोनोमि

रसियामा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम खेलहरु हुँदैछन् ।

आज हुने  पहिलो खेलमा स्विडेन र स्विजरल्याण्ड भिड्दा दोस्रो खेलमा कोलम्बिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शुरु हुनेछ भने दोस्रो खेल राती ११ः४५ मा हुनेछ ।

पहिलो खेलमा भिड्न लागेका दुई युरोपेली टोली स्विडेन र स्विजरल्याण्डले जारी विश्वकपमा औसत प्रदर्शन गरेका छन् । समूह एफमा स्विेडेनले कोरिलाई एक शुन्यले हराएको थियो भने जर्मनीसँग २–१ गोल अन्तरले पराजित भएको थियो

। त्यस्तै समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई तीन शुन्य गोल अन्तरले हराएको थियो ।

यस्तै समूह इको उपविजेता स्वीट्जरल्याण्डले सर्बियालाई २–१ गोल अन्तरले हराउँदा कोष्टारिकासँग २–२ गोलको बराबरी खेलेको थियो भने ब्राजिलसँग १–१ को ड्र नै खेलेको थियो ।

स्वीट्जरल्याण्ड ६४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यसहित आज मैदान उत्रिदै छ । १९५४ को विश्वकपमा पछि स्वीट्जरल्याण्ड क्वार्टरफाइनलसम्म पुग्न सकेको छैन्।

आजै हुने दोस्रो खेलमा भिड्न लागेका कोलम्बिया र इङ्ल्याण्डबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । राती पानै १२ बजे पार्टक रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु हुने छ ।

कोलम्बिया समूह ‘एच’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । इंग्ल्यान्ड भने समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो । मंगलबारको खेलबाट क्वाटरफाइनलमा पुग्ने सबै आठ टोलीको छिनोफानो लाग्ने छ ।

जारी विश्वकपमा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरीसकेका छन् । अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापानले अन्तिम आठको यात्रा गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...