जापानमाथि समग्र एशियाको आशा, रोक्न त सक्ला बेल्जियमलाई



हाम्रो इकोनोमि

 

विश्वकपमा अन्तिम १६ को खेलमा सोमबार जापान र बेल्जियमको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन लागेको हो । समुहको तीनै खेलमा जित हासिल गरेको बेल्जियम र अन्तिम १६ मा पुगेको एकमात्र एसियन मुलुकको बीचमा महत्वपूर्ण प्रतिस्पर्धा हुन लागेको हो ।

समुह जीको विजेता टोली बेल्जियमले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको छ । आफ्नै तीनै खेलमा जित हासिल गर्दै अन्तिम १६ मा पुगेको टोली निकै सन्तुलित अवस्थामा रहेको छ । साथै यो टोलीमा कुनै पनि प्रतिस्पर्धीलाई हराउनसक्ने क्षमता भएका खेलाडीहरु पनि रहेका छन् ।

यो टोली गोल गर्ने मामिलामा पनि अगाडि देखिएको छ । उसले तीन खेलमा ९ गोल गरिसकेको छ भने केवल दुई गोल खाएको छ ।

समुहचरणका सबै खेल जित्ने टोलीमध्येको एक रहेको बेल्जियम यसपटकको लागि उपाधिको एक दाबेदार मुलुक हो । बेल्जियमको टोली सन्तुलित अवस्थामा रहेको कारण यो टोलीले यो विश्वकप आफ्नो पोल्टामा पार्नसक्ने केहीको भनाइ छ ।
एसियन मुलुक जापानलाई भने सोमबारको खेलमा जित हासिल गर्नु कठिन हुनसक्ने देखिन्छ । जापान निकै कठिनका साथ अन्तिम १६ मा प्रवेश गरेको हो ।

इतिहासमा पहिलोपटक फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश गरेको टोलीले समुहचरणको पहिलो खेलमा कोलम्बियालाई पाखा लगाएको थियो ।

दोस्रो खेलमा सेनेगललाई बराबरीमा रोकेको टोलीले अन्तिम खेलमा भने पोल्याण्डसँग हारको सामना गरेको थियो । यस्तो अवस्थामा उसलाई बेल्जियमजस्तो टोलीलाई हराउनु एक चुनौती हुनसक्ने देखिन्छ ।

हेड टु हेड
इतिहासको कुरा गर्ने हो भने जापान पनि धेरै कमजोर भने छैन । जापान र बेल्जियमको बीचमा अहिलेसम्म पाँच खेल भएका छन्, जसमा जापानले दुईपटक जित हासिल गरेको छ भने बेल्जियम एकपटक विजयी भएके छ । बाँकी दुई खेलहरु बराबरीमा सकिएका थिए । पछिल्लो  पटक सन् २०१७ को नोभेम्बरमा भएको प्रतिस्पर्धामा बेल्जियम रोमेलु लुकाकुको गोलको सहयोगमा १–० ले विजयी भएको थियो ।

प्लेयर्स टु वाच
रोमेलु लुकाकु (बेल्जियम)

सोमबारको खेलमा यी खेलाडीको भूमिका बेल्जियमको लागि निकै महत्वपूर्ण हुनेछ । बेल्जियमका यी खेलाडीले यो विश्वकपमा चार गोल गरिसकेका छन् ।

उनलाई जापानसँगको खेलमा थप गोल गर्दै आफ्नो विश्वकपको गोलसंख्या पनि बढाउने मौका हुनेछ । उनी यो विश्वकपमा गोल्डेन बुट पाउने खेलाडी पनि बन्न सक्छन् । उनीभन्दा माथि सबैभन्दा बढी गोल गर्ने खेलाडीमा इंगल्याण्डका ह्यारी केन छन् । उनले पाँच गोल गरेका छन् ।

टाकासि इनुई (जापान)
जापानका ३० वर्षीय आक्रामक मिडफिल्डरको भूमिका सोमबारको खेलमा निकै महत्वपूर्ण बन्न सक्छ । यो विश्वकपमा सबैभन्दा राम्रो प्रदर्शन गर्नेमध्ये जापानका यी खेलाडी एक महत्वपूर्ण खेलाडी हुन् । उनले सेनेगलविरुद्ध गोल पनि गरेका थिए । सोमबारको खेलमा बेल्जियमको रक्षापंक्तिका लागि यी खेलाडी टाउको दुखाइ बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...