तीजमा रातो सारी को सट्टा चाइनिज लुगा नै किन ?



हाम्रो इकोनोमि

( जेरी बा आकाश  )    तीजमा रातो सारी को सट्टा चाइनिज लुगा नै किन ? लोक पृय गायक एबम सर्जक ढाकाराम पौडेल ले प्रतेक बर्स को तीज को बेला पारेर चाइनिज लुगा बोलको गीत गाउने गरेका छन ।

झट्ट सुन्दा बिकृती जस्तो लाग्ने गीतको बास्तबिकता भने चेतना मुलक छ। उनि भन्छन समाजमा भएका बिकृतिहरुलाइ रोक्नु पर्छ भनेर मैले यि कुरा लाइ बाहिर ल्याउन मात्र खोजेको हु ।

परार साल अब चाइनाले लामा लामा लुगा पठाइदेउ” , पोहोर साल “दौरा सुरबाल लाउने लाइ पाखे भन्छन”र यसपालि “हङकङ को सारी ल्याइदिदा पनि तिम्लाइ चाइनाकै छोटा लुगा चाहियो” भन्ने गीत गाएका पौडेल ले यस गीत मा सब्द संगीत आफै गरेका हुन भने स्वोर प्रीती आले र पौडेल आफैको रहेको छ र यो गीतमा नृत्य तथा अभिनय नेपाल प्रहरीकि जवान सिता नेपाली र चर्चित निर्देशक तथा मोडल काजिस श्रेष्ठ को रहेको छ ।

यो गीत लाइ बर्षा म्युजिक प्रा.लि.ले बजार मा ल्याउदैछ। उनि भन्छन अहिलेसम्म मा १०० भन्दा बढी गीत गाए हुला , सबै खालका गीत गाउने गरेको छु । कहिले दुख बेदना का गीत गाए त कहिले ठट्यौली गीत ओभामाले चिया खान बोलाएका छन भनेर पनि गाए र रमाइलो गीत गाउने क्रममा कक्टेल भजन ले बिबाद मा पनि ल्याएको थियो ।

२० औ बर्ष देखी यो क्षेत्रमा लागेका उनि गीत गाउने मात्र होइन आफै अभिनय गर्ने हास्यब्याङय तथा जादु कलामा पनि निपुर्ण छन ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...