रनवीर दिपीकाको बिहे ?…..कहिले ?



हाम्रो इकोनोमि

बलिउड स्टारहरु रनवीर सिंह र दिपीका पादुकोण अन्ततोगत्वा विवाहको निर्णयमा पुगेका छन् । एक अर्काको प्रेममा चुलुम्म डुबेको यो जोडीले २०१८ कै अन्त्यतिर विवाह गर्ने बताईएको छ । विवाहको लागि योजना समेत बन्न शुरु भएको भारतीय मिडियाहरुले लेखेका छन् ।

रनवीर र दिपीकाका अभिभावकहरुले भेट गरेका छन् । विभिन्न उपहारहरुको साटासाट गर्दै गरिएको भेटघाटमा रनवीर र दिपीकाको विवाह कसरी गर्ने ? कहाँ गर्ने ? पार्टी कस्तो किसिमको दिने ? भन्ने बिषयमा छलफल भएको थियो । दिपीकाका अभिभावक प्रकाश र उजाला पादुकोण र रणवीरका मातापिता जगजित सिंह र अन्जु भवनानीबीच गहना र उपहार आदानप्रदान भएको छ । 

यो भेटमा रणवीर दिपीकाको विवाहको लागि सेप्टेम्बर र डिसेम्बरका सम्भावित चार डेटहरुलाई पिक गरिएको छ । विवाहको लागि गहनाहरु र साडीहरु छनौट गर्न समेत थालिएको छ । रणवीर दिपीकाको हिन्दु परम्परा अनुसार विवाह हुनेछ ।

हुन त दिपीका र रणवीरले आफ्ना परिवारहरुसँगै न्यु ईयर माल्दिभ्समा मनाँउदादेखि नै परिवारबीचमा पनि सम्बन्ध प्रगाड भएको थियो । अब हेर्न बाँकी छ बलिउडको निकै चर्चित यो लभ जोडीको बिवाह कहाँ हुनेछ अनि कस्तो हुनेछ ?

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...