रनवीर दिपीकाको बिहे ?…..कहिले ?



बलिउड स्टारहरु रनवीर सिंह र दिपीका पादुकोण अन्ततोगत्वा विवाहको निर्णयमा पुगेका छन् । एक अर्काको प्रेममा चुलुम्म डुबेको यो जोडीले २०१८ कै अन्त्यतिर विवाह गर्ने बताईएको छ । विवाहको लागि योजना समेत बन्न शुरु भएको भारतीय मिडियाहरुले लेखेका छन् ।

रनवीर र दिपीकाका अभिभावकहरुले भेट गरेका छन् । विभिन्न उपहारहरुको साटासाट गर्दै गरिएको भेटघाटमा रनवीर र दिपीकाको विवाह कसरी गर्ने ? कहाँ गर्ने ? पार्टी कस्तो किसिमको दिने ? भन्ने बिषयमा छलफल भएको थियो । दिपीकाका अभिभावक प्रकाश र उजाला पादुकोण र रणवीरका मातापिता जगजित सिंह र अन्जु भवनानीबीच गहना र उपहार आदानप्रदान भएको छ । 

यो भेटमा रणवीर दिपीकाको विवाहको लागि सेप्टेम्बर र डिसेम्बरका सम्भावित चार डेटहरुलाई पिक गरिएको छ । विवाहको लागि गहनाहरु र साडीहरु छनौट गर्न समेत थालिएको छ । रणवीर दिपीकाको हिन्दु परम्परा अनुसार विवाह हुनेछ ।

हुन त दिपीका र रणवीरले आफ्ना परिवारहरुसँगै न्यु ईयर माल्दिभ्समा मनाँउदादेखि नै परिवारबीचमा पनि सम्बन्ध प्रगाड भएको थियो । अब हेर्न बाँकी छ बलिउडको निकै चर्चित यो लभ जोडीको बिवाह कहाँ हुनेछ अनि कस्तो हुनेछ ?

 

प्रतिक्रिया दिनुहोस
तीनै तहको सरकार मिलेर देश बनाउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने