ब्राजिललाई छैन सजिलो, जापान पनि लयमा, यसरी जित्दैछ जापानले



हाम्रो इकोनोमि

 

ब्राजिल र मेक्सिको विश्वकपमा पहिलो पटक सन् १९५० मा भेट भएका थिए। त्यो खेलमा ब्राजिलले मेक्सिकोलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। त्यसपछि ब्राजिल र मेक्सिकोको भेट चार वर्षपछि अर्थात् सन् १९५४ मा भयो। त्यसमा पनि ब्राजिल ५–० गोल अन्तरले नै विजय भएकाे थियाे।

सन् १९६२ को विश्वकपमा पनि ब्राजिलले नै२–० ले नै हराएको थियो। त्यसपछि यी दुई टोली सन् २०१४ काे विश्वकपमा भेट भए। त्यो खेलमा यी दुई टोलीले बराबरी खेले।

विश्वकपबाहेकका अन्य खेलमा ब्राजिलल र मेक्सिकोको भेट ४० पटक भएको छ। त्यसमा मेक्सिकाेले १० पटक जित्दा ब्राजिलले २३ पटक हराएको छ। त्यस्तै, यी दुई टोलीले सात खेलमा बराबरी खेलेका छन्।

यसपटक भने यी दुई टोली नै खेलको लयमा रहेका छन्। समूह इ मा रहेको ब्राजिलले समूह चरणकाे विजेता बन्दै मेक्सिकोसँगको भेट पक्का गरेको हो। उसले आफ्नो समूहमा स्वीट्जरल्याडसँग बराबरी खेलेको थियो भने कोष्टारिकालाई २–० गोल अन्तरले हरायो। त्यस्तै सर्बियालाई २–० गोल अन्तरले हराउँदै सात अंकका साथ समूह विजेता बनेको थियो ।

उता मेक्सिकोले भने समूह एफमा विश्व विजेता जर्मनीलाई १–० गोल अन्तरले हराउँदा कोरियालाई २–१ गोल अन्तरले हराएको थियो। समूहको विजेता स्वीडेनसँग ३–० ले हारेको थियो। अब यी दुई टिमको प्रतिस्पर्धा भने सोमबार साँझ पौने आठ बजे हुने भएको छ।

यी दुईमध्ये एक घर फर्किने छ भने विजेता भने विश्वकपको दौडमा रहने छ। सोमबार नै हुने अर्को खेलमा जापान र बेल्जियम आमने–सामने हुने छन्। यी दुई टोली विश्वकपमा पहिलो पटक सन् २००२ मा भेट भएका थिए। त्यसमा दुवैले बराबरी खेलेका थिए।

अन्य चार खेलमा जापानले दुई खेलमा एकमा बराबरी र दुई खेलमा हार र एक खेलमा जित हासिल गरेको थियो। समूह जी को विजेता बेल्जियमले समूह एचको उपविजेता जापानसँग १६ वर्षपछि पहिलो पटक भेट हुन लागेका हुन्। समूह जीमा बेल्जियमले इग्ल्याण्ड, ट्युनिसिया र पानामालाई हराएको थियाे।

उसले समूह चरणमा एक गोल पनि खाएको छैन। तर, तीन खेलमा सात गोल गरेको छ। जापान भने कोलम्बियासँग पराजित हँदा सेनेगलसँग २–२ गोलको बराबरी खेलेको थियो। त्यस्तै, पोल्याडसँग १–० ले पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...