नारायणगढ–मुग्लिन सडकखण्ड : तीन ठाउँमा सानो पहिरो, एकतर्फी गाडी सञ्चालन



हाम्रो इकोनोमि

 नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तीन ठाउँमा सानो पहिरो गएका कारण गाडीको आवतजावतमा केही अवरोध भएको छ ।

तर ठूलो पहिरो नगएकाले एकतर्फी रुपमा गाडी चलिरहेको आयोजनाका सूचना अधिकारीले शिव खानलले जानकारी दिएका छन् । सडकखण्डको जलविरे तथा चारकिलोका दुई ठाउँमा सोमबार बिहानै पहिरो गएको हो ।

पहिरो सानो रहेको र अहिले पन्छाउने काम भइरहेको खनालले जानकारी दिए । तीन ठाउँमा पहिरो गएपछि ती ठाउँमा एकतर्फी रुपमा गाडी चलिरहेका छन् ।

पानी परिरहेकाले पहिरो जाने जोखिम भने रहेको र आफूहरु त्यसका लागि तयारी अवस्थामा बसेको उनले जानकारी दिएका छन् ।

यस्तै पानी परेका कारण बाटो निर्माणको अन्तिम चरणको काम प्रभावित भएको छ । तर पहिरो रोक्नका लागि भिरमा भइरहेको रक नेटिङ्गको काम भने सकिन लागेको खानालले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...