नारायणगढ–मुग्लिन सडकखण्ड : तीन ठाउँमा सानो पहिरो, एकतर्फी गाडी सञ्चालन



हाम्रो इकोनोमि

 नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तीन ठाउँमा सानो पहिरो गएका कारण गाडीको आवतजावतमा केही अवरोध भएको छ ।

तर ठूलो पहिरो नगएकाले एकतर्फी रुपमा गाडी चलिरहेको आयोजनाका सूचना अधिकारीले शिव खानलले जानकारी दिएका छन् । सडकखण्डको जलविरे तथा चारकिलोका दुई ठाउँमा सोमबार बिहानै पहिरो गएको हो ।

पहिरो सानो रहेको र अहिले पन्छाउने काम भइरहेको खनालले जानकारी दिए । तीन ठाउँमा पहिरो गएपछि ती ठाउँमा एकतर्फी रुपमा गाडी चलिरहेका छन् ।

पानी परिरहेकाले पहिरो जाने जोखिम भने रहेको र आफूहरु त्यसका लागि तयारी अवस्थामा बसेको उनले जानकारी दिएका छन् ।

यस्तै पानी परेका कारण बाटो निर्माणको अन्तिम चरणको काम प्रभावित भएको छ । तर पहिरो रोक्नका लागि भिरमा भइरहेको रक नेटिङ्गको काम भने सकिन लागेको खानालले बताए ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...