क्वाटरफाइनल पुग्न स्पेनलाई रुसको चुनौती, कसले मार्ला बाजी



आइतबार विश्वकपको अन्तिम १६ अन्तर्गत स्पेन र रुसको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।

यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । समुह ‘ए’ को उपविजेताको हैसियतामा अन्तिम १६ मा प्रवेश गरेको रुस र समुह ‘बी’ को विजेता हुँदै अन्तिम १६ मा स्थान बनाएको स्पेनको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।

विश्वकपको दाबेदार मानिएको स्पेन समुह बीको विजेता टोली हो । यो टोलीले समुह चरणमा पनि निकै राम्रो प्रदर्शन गरेको थियो ।

समुह चरणमा एक जित र दुई बराबरीको नतिजा हासिल गरेको स्पेनले माथिल्लो चरणको लागि भने आफ्नो खेलमा सुधार गर्नुपर्ने देखिन्छ ।

एकपटक विश्वकपको उपाधि जितिसकेको यो टोली कुनै पनि टोलीलाई हराउनसक्ने क्षमता भएको टोली हो । यो टोलीको खेल सन्तुलित अवस्थामा रहेको छ भने सबै क्षमतावान् खेलाडीहरु छन्  ।

यद्यपि घरेलु टोली रसियाले पनि समुहचरणमा राम्रो प्रदर्शन गरेको थियो । साउदी अरेबियालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको यो टोलीले दोस्रो खेलमा इजिप्टलाई पनि ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

अन्तिम खेलमा भने उरुग्वेसँग ३–० को हारको सामना गरेको थियो । यस्तोमा उसलाई स्पेनसँगको खेलमा केही सुधार भने पक्कै गर्नुपर्ने देखिन्छ । सन् २०१० को विजेता टोली चार वर्षअधिको विश्वकपमा गरेको खराब नतिजालाई बिर्सिँदै उपाधि उचाल्ने लक्ष्यका साथ रुस पुगेको हो । उसलाई हराउनु रुसको लागि ठुलो चुनौती हुनेछ ।

 

आइतबार यी दुई टोलीहरु आमनेसामने हुँदा रुसलाई घरेलु मैदानको केही सहयोग भने मिल्नसक्छ । यद्यपि क्वार्टरफाइनलमा पुग्नका लागि रुसको टोलीले आइतबार निकै राम्रो प्रदर्शन गनुपर्ने हुन्छ । रुसको लागि क्वार्टरफाइनलमा पुग्नु पनि ठुलो सफलता हो, त्यसैले उसले आइतबारको खेलमा निकै सम्हालिएर प्रदर्शन गर्नु जरुरी हुन्छ ।

 

हेड टु हेड
आइतबार स्पेन र रुसको बीचमा सातौंपटक भेट हुन लागेको हो । यस्तोमा स्पेन अहिलेसम्म अपराजित छ । स्पेनले चार खेल जितेको छ भने बाँकी दुई खेल बराबरीमा सकिएको छ । पछिल्लो समय सेन्ट पिटर्सवर्गमा गएको नोभेम्बर महिनामा दुई टोलीको बीचमा प्रतिस्पर्धा भएको थियो, जसमा दुवैले बराबरीको नतिजा हासिल गरेका थिए ।

 

प्लेयर्स टु वाच
इस्को (स्पेन)

इरानविरुद्धको खेलमा स्पेनका आक्रामक मिडफिल्डरको भूमिका निकै महत्वपूर्ण रहेको थियो । उनले टोलीलाई महत्वपूर्ण समयमा गोल दिलाएका थिए । जसले अन्तिम १६ मा स्थान बनाउनको लागि स्पेनको बाटो सहज भएको थियो । २६ वर्षीय यी खेलाडीले आइतबारको खेलमा पनि महत्वपूर्ण प्रदर्शन गर्न सक्छन् ।

एलेक्सेन्डर गोलोभिन (रुस)

उरुग्वेसँगको खेलमा गोलोभिनले सुरुवातमा मौका पाएका थिएनन्, जसको कारण रुसले ३–० को हारको सामना गर्न पुग्यो । आक्रामक खेल प्रस्तुत गर्ने २२ वर्षीय यी खेलाडी आइतबारको खेलमा स्पेनविरुद्ध निकै महत्वपूर्ण बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्