आप्रवासी नीतिलाई लिएर अमेरिकामा ७०० बढी विरोध र्‍याली, ट्रम्प बिरुद्ध मुर्दावादको नारा



हाम्रो इकोनोमि

आप्रवासीको नीतिलाई लिएर अमेरिकाका विभिन्न सहरहरुमा विशाल विरोध प्रदर्शन भएको छ । अमेरिकाको लसएन्जल्स, वासिङटन, न्युयोर्क लगायतका प्रमुख सहरहरुमा सात सयभन्दा बढी विरोध र्याली निकालिएको छ ।

एक दर्जनभन्दा बढी समुहहरुले परिवार छुट्याउने किसिमको अमेरिकी प्रशासनको निर्णय सही नभएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले परिवारलाई छुट्याउने सरकारको निर्णय फिर्ता लिनको लागि माग गरेका थिए । साथै उनीहरुले शून्य सहनशीलताको निर्णय उल्टाउनुपर्ने बताएका छन् ।

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले अमेरिकाको आप्रवासी सम्बन्धीसँगै अमेरिकामा दुई हजार बालबालिकाहरु अभिभावक विहीन भएको विवरण सार्वजनिक गरेको थियो । यो नतिजा अमेरिकाका विभिन्न १७ राज्यहरुको नतिजा हो ।

अमेरिकाको यो निर्णयको विरोध गरिरहेका एक राजनीतिकर्मी फैज साकिरले यदि कुनै हिंसा वा अन्य अवैध कार्यमा लागेको आशंका भए उनीहरुलाई सेनाको निगरानीमा राख्न सकिने तर यस किसिमको योजना ल्याउनु भने सही नरहेको बताए ।

अमेरिकाले ल्याएको यो नीतिले अभिभावकबाट छुट्टिएका बालबालिकाहरुमा नकारात्मक किसिमको असर पर्ने स्वास्थ्यविद्हरुले बताएका छन् ।

न्युयोर्क सहरमा गरिएको प्रदर्शनमा १५ हजारभन्दा बढी मानिसहरु सहभागी भएका थिए । अमेरिकाले अघि सारेको यस किसिमको निर्णय अमेरिकाको लागि लज्जाको विषय रहेको उनीहरुको भनाइ छ ।

अमेरिकाको आप्रवासीको नीतिलाई लिएर केहीदिनअघि मेक्सिको सहरमा रहेको अमेरिकी राजदूतावास अगाडि पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...