स्पेनलाई आयोजक रुसको चुनौती, प्रतिस्पर्धामा डेनमार्क र क्रोएसिया



हाम्रो इकोनोमि

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आइतबार नकआउट चरणका दुई महत्वपूर्ण खेल हुँदैछन् । क्वाटरफाइनल प्रवेशका लागि आयोजक रुसले स्पेन तथा क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछन् ।

आइतबारको पहिलो खेलमा बेलुका पौने ८ बजे मस्कोमा आयोजक रुस र स्पेनबिचको खेल हुनेछ । स्पेन समूह बी को विजेता तथा रुस समूह ए को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।

पहिलो खेलमा साउदी अरेबियालाई ५–० तथा दोस्रो खेलमा इजिप्टलाई ३–१ ले हराएको रुस तेस्रो खेलमा उरुग्वेसँग ३–० ले पराजित भएको थियो ।

यस्तै पहिलो खेलमा पोर्चुगलसँग ३–३ को बराबरी गरेको स्पेनले दोस्रो खेलमा इरानलाई १–० ले हरायो । उसले तेस्रो खेलमा मोरक्कोसँग २–२ को बराबरी गरेको थियो ।

प्रतियोगिता सुरु हुनुअघिसम्म कमजोर मानिएको रुसले घरेलु मैदानको आत्मबल लिएको जस्तो देखिएको छ । यसले गर्दा आइबारको खेल स्पेनका लागि सजिलो नहुने देखिन्छ ।

यस्तै आइतबार हुने अर्को खेलमा राति पौने १२ बजे क्रोएसिया र डेनमार्कले निज्हनी नोभ्गोरोडमा हुनेछ ।

क्रोएसिया समूह डी को विजेता तथा डेनमार्क समूह सी को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।

पहिलो खेलमा पेरुलाई १–० ले हराएको डेनमार्कले दोस्रो खेलमा अस्ट्रेलियासँग १–१ को बराबरी खेलेको थियो । यस्तै उसले तेस्रो खेलमा फ्रान्ससँग गोल रहित बराबरी खेलेको थियो ।

क्रोएसियाले भने पहिलो खेलमा नाइजेरियालाई २–० तथा दोस्रो खेलमा अर्जेन्टिनलाई ३–० ले हराएको थियो । उसले तेस्रो खेलमा आइसल्याण्डमाथि २–१ को जित निकालेको थियो ।

यसअघि शनिबार राति भएका खेलमा जित निकाल्दै उरुग्वे र फ्रान्सले अन्तिम ८ मा स्थान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...