अर्जेन्टिनाको फितलो प्रर्दशन, ३ को बिरुद्ध ४ गोलो जित्यो फ्रान्सले



अर्जेन्टिनाको फितलो प्रर्दशनको फाइदा उठाउँदै फ्रान्सले ४ गोल गरेर जितेको छ । अर्जेन्टिनाले ३ गोलो गरेको छ ।

यस्तो थियो बिगत

फ्रान्स

फ्रान्सले विश्वकपमा दक्षिण अमेरिकी देशसँग भएका पछिल्ला ८ खेलमा हार बेहोरेको छैन । उसले दक्षिण अमेरिकी देशसँग पछिल्लो पटक हार बेहोरेको भनेको सन् १९७८ मा हो । त्यो बेला फ्रान्स अर्जेन्टिनासँग २–१ ले पराजित भएको थियो ।

यो खेल फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसको ८० औँ खेल हुनेछ फ्रान्सको प्रशिक्षकको रुपमा । उनी रेमोण्ड डोमेनेक भन्दा अघि जाँदै छन् ।

पेनाल्टी सुटआउटलाई हटाएर फ्रान्स विश्वकपको नकआउट चरणका पछिल्ला ११ खेलमा एक पटक मात्रै पराजित भएको छ । उसले ८ खेल जितेको छ भने दुई खेलमा बराबरी भएको छ । फ्रान्स सन् २०१४ को विश्वकपमा जर्मनीसँग १–० ले पराजित भएको थियो ।

विश्वकपमा सन् १९८६ मा अन्तिम १६ को चरण सुरु भएयता फ्रान्सले हरेक पटक यो चरणसम्म पुगेको अवस्थामा पार गरेको छ । फ्रान्स सन् १९८६, १९९८, २००६ र २०१४ मा अन्तिम १६ भन्दा अघि गएको थियो ।

यो विश्वकपको समूह चरणका तीन खेलमा फ्रान्सले एक गोल मात्रै खाएको छ ।

अर्जेन्टिना

अर्जेन्टिना आफ्नो विश्वकपमा पछिल्ला १३ सहभागितामा १२ औँ पटक समूह चरणबाट अघि गएको छ । अर्जेन्टिनाले

 

पछिल्लो पटक सन् २००२ मा मात्रै समूह चरण पार गर्न सकेको थिएन ।

विश्वकपको नकआउट चरणका पछिल्ला ४ खेलमा तीन गोल मात्रै हुन पाएका छन् । अर्जेन्टिनाले दुई गोल गरेको थियो भने एक गोल खाएको थियो ।

पहिलो हाफमा आफूले लिग गरेका विश्वकपका पछिल्ला २७ खेलमा अर्जेन्टिना विजयी भएको छ । सन् १९३० मा अर्जेन्टिनाले सुरुमा अग्रता लिएर पनि उरुग्वेसँग ४–२ ले पराजित भएको थियो ।

विश्वकपमा अर्जेन्टिना धेरैपटक पेनाल्टी सुटआउटमा पुग्ने टिम हो । अर्जेन्टिनाले अहिलेसम्म पाँच पटक पेनाल्टी सुटआउटका आधारमा खेलको निर्णय गर्ने अवस्थामा पुगेको छ र चार पटक जितेको छ । चारपटक पेनाल्टी सुटआउट गरेको फ्रान्सले दुई पटक मात्रै जितेको छ ।

अर्जेन्टिना पछिल्ला पाँच विश्वकपमा चार पटक क्वाटरफाइनलमा पुगेको छ । गएको विश्वकपमा अर्जेन्टिनाले खेलेका चार नकआउट खेल मध्ये तीन खेल अतिरिक्त समयमा धकेलिएका थिए ।

फ्रान्सले सन् १९९८ तथा अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्व विजेता बन्नेका थिए ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख