मेस्सीलाई रोक्न तीन डिफेण्डर उम्टिटी, राफेल भेरानो र लुकासलाई जिम्मा



हाम्रो इकोनोमि

यदि क्यामेराको अगाडि देखिने प्रशिक्षकको भावभंगीले टिमको मनोदशालाई संकेत गर्छ भने फ्रान्स निकै दबावमा छ ।

विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग खेल्नुअघि झण्डै २० मिनेट क्यामेराका सामू आएका फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्पमा उत्साह थिएन । यो खेल नेपाली समयअनुसार ७ः४५ बजे हुनेछ ।

‘मेस्सी भनेको मेस्सी नै हुन्’ डेसच्याम्प भन्छन्, ‘हामी उनलाई मार्क गर्दै प्रभावहीन बनाउन खोज्छौं । तर, हामीलाई थाहा छ कि यसले पनि निकै कम प्रभाव पार्छ ।’

फ्रान्सले मेस्सीलाई रोक्ने जिम्मेवारी ला लिगाका तीन डिफेण्डर-उम्टिटी, राफेल भेरानो र लुकास हर्नान्डेजलाई दिनेछ । उनीहरु मेस्सीको खेल शैलीसँग परिचित छन् ।

प्रशिक्षक डेसच्याम्पले भने, ‘यो हाम्रो लागि फाइदा हो भन्न सक्दिनँ तर, घाटा पनि होइन । यदि तपाईंले उनीविरुद्ध पहिले खेल्नु भएको छ भने उनले सिर्जना गर्ने खतराका बारेमा पहिल्यै सचेत रहन सक्नुहुन्छ ।’

उनले अगाडि भने, ‘म कुनै बहानाबाजी गरिरहेको त छैन, तर तपाईं देख्न सक्नुहुन्छ हाम्रा १४ जना खेलाडीसँग विश्वकपको अनुभव छैन ।

पाँच जनाले पहिलोपटक अष्ट्रेलियाविरुद्ध खेले र अन्य पाँच जनाले डेनमार्कविरुद्ध । यद्यपि अनुभवको कमी भए पनि प्रतिभाको कमी हामीसँग छैन ।’

समूह चरणका म्याचहरुमा फ्रान्सका अग्रपङ्तिका खेलाडीहरु निस्तेज देखिए । एन्टोनी ग्रिजम्यान अनिश्चयमा देखिन्थे । डिस्च्याम्प आफैं उनलाई ९ नम्बरमा खेलाउने कि १० नम्बरमा भनेर द्विविधामा थिए ।

‘हो, सुरुमा अलिकति कठिन भयो । तर, उनले डेनमार्कविरुद्ध ६५ मिनेट खेले, जसमा केही सकारात्मक संकेत देखिएको छ । हामी उनलाई उच्च र्फममा देख्न चाहन्छौं,’ डिस्च्याम्पले ग्रिजम्यानप्रति आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...