मेस्सी ‘म्याजिक’को प्रतिक्षामा करोडौं दर्शक, सबैको ध्यान मेस्सीतिर



हाम्रो इकोनोमि

नकआउट चरणको पहिलो खेलमा शनिबार समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिनावीच भिडन्त हुदैछ । रसियाको कजान एरिना रंगशालामा नेपाली समय अनुसार पौने ८ बजे दुई खेल सुरु हुनेछ ।

फ्रान्स र अर्जेन्टिना विश्वकपमा तेस्रो पल्ट भिड्न लागेका हुन् । विश्वकपमा भएका दुई प्रतिस्पर्धामध्ये दुईवटा मै अर्जे्न्टिनाले जित हात पारेको छ ।

१९३० मा अर्जे्न्टिनाले १–०ले पराजित गरेको थियो भने १९७८ मा २–१ले पराजित गरेको थियो । १९३० मा अर्जेन्टिना फाइनलमा पुगेपछि उपविजेता बनेको थियो भने १९७८ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि उचालेको थियो ।

विश्वकप बाहेक फ्रान्स र अर्जेन्टिना यसअघि ११ पटक आमने सामने भएका छन् । जसमा अर्जेन्टिनाले ६ पटक जितेको छ भने फ्रान्सले २ पटकमात्रै जित्न सकेको छ । बाँकी तीन खेलहरु बराबरीमा टुंगिएका छन् । ११ मध्ये ८ खेलमा अर्जेन्टिनाले फ्रान्सलाई आफ्नो पोस्टमा गोल गर्न समेत दिएको छैन ।

विश्व फुटबलका दुई बलिया टोलीमध्ये एक टोली आज घर फर्कने निश्चित छ । विजेता टोली विश्वकप उपाधिको यात्रामा अगाडि बढ्नेछ । पछिल्लो समय मेसी र अर्जेन्टिनाको प्रदर्शनले धेरै नेपाली फ्यानलाई आज तनावमा राख्नेछ ।

सबैको ध्यान मेस्सीतिर

१९९८ को विश्वकप विजेता फ्रान्स रोक्न अर्जेन्टिनालाई स्टार लियोनल मेस्सीले जादुमयी खेल प्रर्दशन गर्नेमा सबैको आशा छ । आइसल्याण्डसँगको १–१ को बराबरी, क्रोएशियासँग ३–० ले स्तब्ध बनेको अर्जेन्टिना अन्तिम समयमा नाइजेरियामाथि २–१ को जित निकाल्दै दोस्रो चरणमा संघर्षपूर्ण यात्रा गरेको हो ।

पाँच चोटी विश्वका सर्बोत्कृष्ट खेलाडी भईसकेका मेस्सीको काँधमा अर्जेन्टिना अघि बढाउने चुनौती छ। अघिल्लो चरणमा अर्जेन्टिनालाई उपविजेता बनाउँदै गोल्डन बुट जितेका मेस्सीले नाइजेरिया विरुद्ध एक गोल गर्दै यसविश्वकपमा गोलको खाता खोलिसकेका छन् ।

डिएगो म्याराडोना र गाब्रिअल बाटिस्टापछि अर्जेन्टिनाको लागि लगातार तेस्रो पटक विश्वकप खेलिरहेका मेसी लगभग करियरको अन्तिममा अर्जे्न्टिनाका लागि नव म्यारोडोना हुन चाहन्छन् । त्यसैले यसलाई विशेष बनाउने सोचमा उनी मैदान उत्रिनेछन् ।

आफ्नै जन्मदिनको अवसरमा उनले अर्जेन्टिना विश्वकप जिताएर मात्र सन्यास लिने बताएका थिए । तर, सबैको ध्यान मेस्सीमा भए पनि उनी भने समस्यामा छन् ।

आफूले पास नपाउने आफूले दिएको पास पनि गोलमा परिणत गर्न नसक्ने दुःखमा छन् मेस्सी । जाभियर मास्चेरानो र इभर बनेगाले मिडफिल्डमा सुधारिएकाको खेल देखाएपनि अग्रपंक्तिमा मेस्सीलाई साथ दिने खेलाडी अझै भेटिएको छैन ।

नाइजेरिया विरुद्धको खेलमा गोन्जालो हिग्वाइनले न बल पास गर्न सके न त गोलका लागि सम्झलायक प्रयास नै गरे । मेस्सीले दिएको पाश पनि गोलमा परिणत गर्न सकेनन् ।

फ्रान्सका डिज्ब्रेल सिडीबी, नबिल फेकिर, कालियन एमबाप्पे, थोमस लेमार, ओशमान डेम्बेले।, एनगोलो कान्टे, ओलिभर जिरु, पाउल पोग्बा लगायतका युवा टिम छ । यो अर्जेन्टिनाको लागि चुनौती हो ।

त्यस कारण आज मेस्सीले म्याजिक देखाउनु पर्नेछ । आजको खेलमा लियोनल मेसी र उनको सुधारिएको प्रदर्शन हेर्न हजारौं नेपालीसहित करोडौ विदेशी प्रतिक्षा गरेर बसेका छन्।

मेस्सीले आफ्नो क्लब बार्सिलोनालाई अनेकौ उपाधी दिलाए । मेस्सीले ३२ वटा उपाधि र बार्सिलोनाबाट १४ सिजन खेल्दा पाँच ’बालन डोर’ अर्थात् सुनौलो बल पुरस्कार जितेका भए पनि विश्वकप अहिलेसम्म जित्न सकेका छैनन् । उनको सबैभन्दा ठुलो सपना अहिले यही हो ।

विश्वकपमा मेस्सीको यो चौथो सहभागिता हो । सन् २००६ र २०१० मा आर्जे्न्टिना क्वार्टर फाइनलसम्म पुगेको थियो। सन् २०१४ मा जर्मनीसँग फाइनलमा पराजित हुँदा प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेर मेस्सीले ‘गोल्डन बल’ जितेका थिए । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ६४ खेलमा सहभागी भएका क्रेस्पोले ३५ गोल गरेका थिए ।

उनीभन्दा अरू दुई खेलाडीले मात्रै बढी गोल गरेका छन् । मेस्सीलाई सबैले महान् खेलाडी मान्ने गरेका छन् । क्लबमा उत्कृष्ट प्रर्दशन गरीरहेका मेस्सीको जीवनमा अब एउटै काम अर्थात् सपना बाँकी हो, त्यो उनको नेतृत्वमा विश्वकप जित्ने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...