यो बल प्रयोग हुँदैछ विश्वकपमा आजदेखि, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

रुसमा जारी विश्वकप फुटबलको नकआउट चरण शनिबारदेखि सुरु हुँदैछ । अबका खेलहरुमा नयाँ बल प्रयोग हुनेछ । समूह चरणमा प्रयोग भएको भन्दा भिन्दै बल प्रयोग हुने विश्व फुटबलको प्रशासकीय निकाय फिफाले यसअघि नै जानकारी दिइसकेको छ ।

समूह चरणका खेलमा कालो र सेतो रहेको एडिडासको टेलस्टार १८ बल प्रयोग भएको थियो । यस्तो खालको क्लासिक बल ४८ वर्षपछि यो विश्वकपमा प्रयोग भइरहेको हो ।

अब नकआउट चरणका खेलमा टेलस्टार मिस्टा बल प्रयोग हुनेछ । एडिडासले यो बल तयार पारेको हो । नकआउट चरणमा प्रयोग हुने बलमा सेतोमा रातो र केही कालो रंगको डिजाइन गरिएको छ ।

यो रंग रुसको आधिकारिक रंगबाट प्रभावित भएको जनाइएको छ । यस्तै बलको रंगले नकआउट चरणमा बढ्दै गएको खेलको गर्मीलाई पनि संकेत गर्नेछ ।

रुसी भाषामा मिस्टाको अर्थ सपना हुन्छ । यो नयाँ बल शनिबार बेलुका पौने ८ बजे हुने फ्रान्स र अर्जेन्टिनाबिचको खेलमा पहिलो पटक प्रयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...