यो बल प्रयोग हुँदैछ विश्वकपमा आजदेखि, यस्तो छ कारण



 

रुसमा जारी विश्वकप फुटबलको नकआउट चरण शनिबारदेखि सुरु हुँदैछ । अबका खेलहरुमा नयाँ बल प्रयोग हुनेछ । समूह चरणमा प्रयोग भएको भन्दा भिन्दै बल प्रयोग हुने विश्व फुटबलको प्रशासकीय निकाय फिफाले यसअघि नै जानकारी दिइसकेको छ ।

समूह चरणका खेलमा कालो र सेतो रहेको एडिडासको टेलस्टार १८ बल प्रयोग भएको थियो । यस्तो खालको क्लासिक बल ४८ वर्षपछि यो विश्वकपमा प्रयोग भइरहेको हो ।

अब नकआउट चरणका खेलमा टेलस्टार मिस्टा बल प्रयोग हुनेछ । एडिडासले यो बल तयार पारेको हो । नकआउट चरणमा प्रयोग हुने बलमा सेतोमा रातो र केही कालो रंगको डिजाइन गरिएको छ ।

यो रंग रुसको आधिकारिक रंगबाट प्रभावित भएको जनाइएको छ । यस्तै बलको रंगले नकआउट चरणमा बढ्दै गएको खेलको गर्मीलाई पनि संकेत गर्नेछ ।

रुसी भाषामा मिस्टाको अर्थ सपना हुन्छ । यो नयाँ बल शनिबार बेलुका पौने ८ बजे हुने फ्रान्स र अर्जेन्टिनाबिचको खेलमा पहिलो पटक प्रयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको