४० वर्षमै चीन कसरी बन्यो संसारको सबैभन्दा शक्तिशाली देश, यस्तो विकास नेपालमा पनि संभव छ



माओ त्सेतुङपछि सत्तामा आएका देङ सियाओपिङलाई चीनको आर्थिक क्रान्तिको श्रेय दिइन्छ ।

सियाओपिङले सन् १९७८ मा सुरु गरेको आर्थिक क्रान्ति यो वर्ष अर्थात सन् २०१८ मा ४० वर्ष हुन्छ । देङले यसलाई चीनको दोस्रो क्रान्ति भन्ने गर्थे ।

यही आर्थिक सुधारपछि नै चीन संसारको सबैभन्दा ठूलो अर्थव्यवस्थाको रूपमा उदाएको हो ।

आजको दिनमा चीन संसारको सबैभन्दा धेरै विदेशी मुद्रा भण्डार रहेको देश हो । उसँग ३.१२ खर्ब अमेरिकी डलरको विदेशी मुद्राको सञ्चिती रहेको छ ।

कुल ग्राहस्थ उत्पादनको आकारको हिसाबमा यो विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानीलाई आकर्षित गर्ने देशमा चीन विश्वको तेस्रो स्थानमा छ ।

देङ सियाओपिङले सन् १९७८ मा आर्थिक सुधार सुरु गर्दा चीनले संसारभरको अर्थव्यवस्थामा जम्मा १.८ प्रतिशत हिस्सा ओगट्थ्यो तर हाल यो हिस्सा १८.२ प्रतिशत भएको छ ।

चीन आज एक उदाउँदो अर्थव्यवस्था मात्र नभएर आफ्नो विगतको विशाल त्यो सामार्थतर्फ बढिरहेको छ । १५औँ र १६औँ शताब्दीमा संसारको अर्थव्यवथामा चीनको कुल ग्राहस्थ उत्पादनको हिस्सा ३०% वरपर हुने गथ्र्यो ।

चीनलाई शक्तिशाली बनाउने नेताहरूको नाम लिँदा तीन नेताको नाम लिइन्छ : माओत्से तुङ, देङ सियाओपिङ र वर्तमान नेता सी जिनपिङ । सियाओपिङको आर्थिक क्रान्तिको ४० वर्षपछि चीन पुनः सी जिनपिङ जस्तो शक्तिशाली नेताको हातमा आएको छ ।

सी जिनपिङ चीनको अर्थव्यवस्थालाई अझ बलियो बनाउनका लागि निर्माण क्षेत्रलाई सुपरपावर बनाउन चाहन्छन् । यसका लागि उनी देङ सियाओपिङको नीतिलाई अँगालेर अघि बढिरहेका छन् । यसअन्तर्गत अर्थव्यवस्थालाई खुल्ला बनाउने र आर्थिक सुधारजस्ता कदम समावेश छन् ।

केही अवस्थामा चीनले बजार व्यवस्थाबाट हासिल गरेको आर्थिक सफलताको मोडेल त्यहाँको कम्युनिस्ट राजनीतिसँग टकरावको स्थितिमा आउने गरेका छ ।

आखिर चीनको अर्थव्यवस्थामा यस्तो वृद्धिका लागि सरकारी योजनाहरू र निजी उद्यमको अतिरिक्त खुला बजारमा कसको कति श्रेय छ ? भन्ने प्रश्न बहसको विषय हो ।

साथै सी जिनपिङको हातमा चीनको सम्पूर्ण राजनीतिक शक्ति आउँदा अर्को प्रश्न पनि उठ्छ ः यहाँको नेता अर्थव्यवस्थालाई कुन हदसम्म नियन्त्रणमा राख्न चाहन्छन् ?

चीनले घरेलु अर्थव्यवस्थामा क्रमिक सुधारको प्रक्रिया अँगालेको थियो । चीनले आफ्नो नियन्त्रित अवस्थामा रहेको अर्थव्यवस्थामा सुधारका लागि पहिले कहाँ विदेशी लगानी हुन दिने कहाँ नदिने भन्ने तय ग¥यो ।
यसैका लागि उसले विशेष आर्थिक क्षेत्रको निर्माण ग¥यो । विशेष आर्थिक क्षेत्रका लागि चीनले दक्षिणी तटीय क्षेत्रलाई छान्यो ।

चिनियाँ लेखक युकोन हुआङले आफ्नो पुस्तक ‘क्य्राकिङ द चाइना कनन्ड्रम : ह्वाई कन्भेन्सनल इकोनोमिक्स विजडम इज रङ्ग’मा यसबारेमा यस्तो लेखेका छन्– “देङ महान सुधारक मात्र थिएनन्, बरु देशको विकासका लागि व्यग्र पनि थिए ।”

आर्थिक सुधारले निम्त्यायो मानव इतिहासमा कतै नदेखिएको सुधार

देङले जुन सामाजिक आर्थिक सुधार सुरु गरे त्यसबाट आएको प्रतिफलको उदारण मानवीय इतिहासमा अन्यत्र पाइँदैन । देङको सुधारकै कारण चीनको कुल ग्राहस्थ उत्पादन सन् १९७८ देखि २०१६ बीचमा ३२३० प्रतिशत बढ्यो ।

यो दौरान ७० करोड मानिसहरूलाई गरिबीको रेखाबाट माथि ल्याइयो । साथै ३८.५ करोड मानिसहरू मध्यम वर्गमा समावेश भए ।

चीनको विदेशी व्यापार १७,५०० प्रतिशतले बढ्यो र सन् २०१५ सम्म चीन विदेशी व्यापारमा संसारको अगुवा बनेर अगाडि आयो ।

सन् १९७८ मा चीनले एक वर्षमा जति व्यापार गथ्र्यो हाल उसले दुई दिनमै गर्छ ।

चिनिया कम्युनिस्ट पार्टीको सामूहिक नेतृत्वको साहारामा देङले चीनको तीव्र सामाजिक आर्थिक परिवर्तनको प्रक्रिया सुचारु गरेका थिए ।

सन् १९६० र ७० को दशकमा माओको नीतिबाट चीनले भोगको कैयौँ झटका पछि देङ माओको परिपथप्रति सावधान भएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्धहरूको सम्बन्धमा देङ आफै लो–प्रोफाइलमा बस्थे । देङको ध्यान पूरै चीनको अर्थव्यवस्थामा तीव्रता ल्याउनेमा थियो ।

देङको आर्थिक नीतिको सफलताले चीनको कयापलट मात्र ल्याएन बरु यसले चीन कम्युनिस्ट पार्टीको पकड पनि बलियो बन्यो ।

सीको अगुवाइमा चीनको वृद्धि

देङको धेरै उद्धरण गरिने एक उखान छ– “जबसम्म बिरोलोले मुसा समात्छ बिरालो कालो छ वा सेतो फरक पर्दैन ।”हाल आएर य

ही भनाइको लाइनमा सी जिनपिङले चिनियाँ विशेषतासहितको औद्योगिक विकासको प्रस्ताव अघि सारेका छन् । सन् २०१४ को पार्टीको १२औं राष्ट्रिय कङ्ग्रेसलाई सम्बोधन गर्ने क्रममा उनले देङकै झल्को आउने गरी ‘टु बर्ड थिअरी’ अगाडि ल्याए ।

उनले सम्बोधनको क्रममा  पिँजडा खोल्दा बुढो पक्षी (धरासायी हुन लागेको औद्योगिक सस्थान) पिँजडामै रहने सुनिश्चित गर्नुपर्ने बताए ।
सी जिनपिङले यही प्रक्रियाबाट चीन निर्माणसम्म पुग्ने बताए

पछिल्लो वर्ष भएको नेसनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको कार्यकालमा रहेको सीमा हटाएपछि सी पहिलेका राष्ट्राध्यक्षभन्दा शक्तिशाली भएको मानिएको छ ।

चीनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको व्यक्तिको सम्पूर्ण शक्तिहरूमाथि नियन्त्रण हुन्छ । सी जिनपिङले पहिलो कार्यकालमा आफ्ना विरोधीहरूलाई पन्छाएर आफ्नो हातमा शक्ति बढाएका छन् । यस कदमपछि उनलाई माओ पछिको शक्तिशाली नेता मानिदै आएको छ ।

सीका पिता सी चोङसुन १९७८ मा देङ सियाओपिङको आर्थिक सुधार समर्थन गर्ने नेता थिए । त्यो समय उनी ग्वाङदोङ प्रान्तको गर्भनर थिए ।

सन् २०१२ डिसेम्बरको सुरुमा सी जिनपिङले पहिलो पटक आधिकारिक रूपमा ग्वाङदोङमा रहेको सेनचेनको भ्रमण गरे । यो भ्रमणबाट उनले देङको सुधारमा कुनै रोक नहुने सन्देश दिन खोजेका थिए । पछिल्लो पाँच वर्षमा सीले यस्तै गरेर देखाएका पनि छन् ।

उदारीकरणको सीमा

चीनले उदारीकरण सुरु गर्दा सबै खाका तयार गरेर सुरु गरेको थियो । चीनको नेताहरूले केन्द्रीय नियन्त्रणवाला राजनीतिमा जोड दिए । तर उसले स्थानीय सरकार, निजी कम्पनीहरू र विदेशी लगानीबीचमा पनि राम्रो समन्वयको समन्त्र बनाए ।

विदेशी लगानीहरूलाई चीनले स्वायत्तता दियो । पहिलेको नेताको तुलनामा सी जिनपिङले सार्वजनिक–निजी साझेदारीमा बढी जोड दिएका छन् ।

सन् २०१४ पछि चीनमा निजी लगानी निक्कै तीव्रसँग बढेको छ । सी जिनपिङले चीनको व्यापारलाई सम्पूर्ण संसारमा विस्तार गरे । ‘वन बेल्ट वन रोड’ परियोजनामार्फत सीले चीनको पूर्वाधार र व्यापार सञ्जाललाई एसिया, युरोप, अफ्रिकासम्म पु¥याए ।

यो विस्तारसँगै पछिल्लो समय चीनको मनसायमाथि पनि प्रश्न उठ्न थालेको छ । उदाहरणका लागि श्रीलङ्काले चीनको ऋण तिर्न असफल हुँदा उसले हम्बन्टोट बन्दरगाहलाई ९९ वर्षसम्म भाडामा सुम्पिनुप¥यो । यस शृङ्खलामा जिबुटी, पाकिस्तान र किर्गिस्तान पनि समावेश छ ।

चीन सन् २००१ मा विश्व व्यापार सङ्गठनको सदस्य भएको हो । यसपछि चीनले विदेशी व्यापारमा सुगमता ल्याउनका लागि आफ्ना ७,००० कानुनहरू अन्त्य गरेको थियो । सन् २०११ बाट चीनले भन्सारमा औसतमा १०% कटौती गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु