विश्वकपमा होला मेस्सी र रोनाल्डोको भिडन्त ? यस्तो छ सम्भावना



हाम्रो इकोनोमि

 

फूटबल जगतका दुई सुपरस्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले एकअर्काविरुद्ध विश्वकपमा खेल्ने सम्भावना बन्ने लक्षण देखिएको छ ।

यी दुवै खेलाडीको टोलीले राउन्ड अफ १६ मा आ–आफ्नो खेल जितेमा उनीहरूको भिडन्त सम्भव हुन्छ । शनिवार हुने दुई खेलले नै यसको निर्धारण गर्नेछन् ।

उक्त दिन मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको प्रतिस्पर्धा फ्रान्ससँग हुँदैछ । उता रोनाल्डोको कप्तानीमा पोर्चुगल उरुग्वेसँग भिड्दैछ । अर्जेन्टिनाले फ्रान्सलाई हराएमा अनि पोर्चुगलले उरुग्वेलाई हराएमा क्वार्टरफाइनलमा अर्जेन्टिना र पोर्चुगलको भेट हुनेछ ।

अर्जेन्टिनाका लागि फ्रान्ससँगको प्रतिस्पर्धा सहज हुने छैन किनकि फ्रान्स अहिले फर्ममा छ र समूह चरणको खेलमा उसले हार बेहोर्नुपरेको छैन । उसले अस्ट्रेलिया र पेरुलाई हराएको थियो भने डेनमार्कसँग बराबरी खेलेको थियो । यति हुँदाहुँदै पनि उसको खेल उत्कृष्ट भने देखिएको छैन ।

अर्कातिर अर्जेन्टिना भने लयमा देखिएको छैन र उसले आइसल्यान्डसँग बराबरी, क्रोएसियासँग हार र नाइजेरियासँग मुश्किल जीत हासिल गरेर राउन्ड अफ १६ मा बल्लबल्ल स्थान बनाएको छ ।

फ्रान्स र अर्जेन्टिनाको भिडन्तको इतिहासमा अर्जेन्टिना बलियो देखिएको छ । उनीहरूबीच भएको ११ वटा प्रतिस्पर्धामा अर्जेन्टिना ६ चोटि जितेको छ भने फ्रान्सले जम्मा दुई खेल जितेको छ । बाँकी तीन खेल बराबरीमा टुंगिएका छन् ।

उता पोर्चुगलले समूह एमा सबै खेल जितेको उरुग्वेको सामना गर्नुपर्ने भएको छ । फर्ममा रहेका रोनाल्डो र उरुग्वेका लुई सुआरेजबीचको यो प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

उरुग्वेका खेलाडीहरूको आत्मविश्वास उच्च तहमा छ भने पोर्चुगलले स्पेनसँग बराबरी र कमजोर टोली इरान तथा मोरक्कोविरुद्ध बल्लबल्ल जीत हासिल गरेकाले उसको आत्मविश्वास उच्च देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...