यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु



 

रुस विश्वकप फुटबलमा समूह चरणको खेलहरु सकिएका छन् । इतिहासमै रुस विश्वकपमा समूह चरणका खेलहरु निकै नाटकीय बन्न पुगे । समूह चरणबाट जर्मनी बाहिरिनु, केही उत्कृष्ट पेनाल्टिहरु बचाउ हुनु, भीएआर प्रणालीको विषयमा विवाद देखिनु यसपटकको विश्वकपको समूह चरणका विशेषता रहन पुगे ।

यसपटकको विश्वकपमा केही नाम नसुनिएका खेलाडीहरुले राम्रो प्रदर्शन गरे भने आशा गरिएका खेलाडीहको प्रदर्शन कमजोर रहन पुग्यो ।

समूह चरणका उत्कृष्ट खेलाडीहरुमा दुई कोरियनहरु पर्छन् भन्ने अपेक्षा सायदै कसैले गरेका थिए होला । दक्षिण कोरियाका को यो–हान र युन योङ–सुन सबैभन्दा अगाडि रहेका छन् । उनीहरुको औसत विश्वकपमा ८ अंकभन्दा बढी रहेको छ । यो कुनै पनि खेलाडीको तुलनामा बढी हो ।

तेस्रो स्थानमा इंगल्याण्डका कप्तान ह्यारी केन रहेका छन् । उनको औसत ७ दशमलव ८६ अंक रहेको छ । उनी एकभन्दा बढी खेल खेलेर सबैभन्दा धैरै अंक पाउने खेलाडी हुन् ।

इजिप्टका ४५ वर्षीय गोलरक्षक एसाम एल ह्याडी चौथो स्थानमा छन्  भने क्रोएसियाका मिडफिल्डर लुका मोड्रिक पाँचौं स्थानमा छन् ।
एउटा खेलको मात्र कुरा गर्दा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमा दक्षिण कोरियाका गोलरक्षक चो ह्युन वो रहेका छन् । उनले जर्मनीविरुद्धको खेलमा ८ दशलमव ८५ अंक हासिल गरेका थिए ।

समूह चरणको ११ खेलाडीहरुको सूचीमा इंगल्याण्डका ह्यारी केन र केएरन ट्रिपियर परेका छन् । दक्षिण कोरियाका उक्त दुई खेलाडीहरु चो र सोन पनि यो टोलीमा अटाएका छन् । उनीहरुको जर्मनीको खेलको प्रदर्शनको कारण उनीहरु यो सूचीमा अटाएका हुन् ।

चार गोल गरेका बेल्जियमका रोमेलु लुकालु यो सूचीमा अटाउँदा पेरुका अन्ड्रे कार्रिलो र जापानका केइसुके होण्डा पनि यो सूचीमा अटाएका छन् । साथै भिक्टर लिन्डोफ र आन्द्रियास ग्रान्कभिक्सजस्ता खेलाडीहरु पनि यो सूचीमा अटाएका छन् ।

यसपटकको विश्वकपमा जर्मनीका खेलाडीहरुको प्रदर्शन भने निकै निराशाजनक रहेको थियो । जर्मनीका मिडफिल्डर सामी खेडिराले केवल २ दशमलव २५ अंक पाएका छन् ।

यो विश्वकपको सबैभन्दा कमजोर अंक हो । पेरुका रक्षापंक्तिका खेलाडी रोमन टोरेसले पनि यति नै अंक हासिल गरेका छन् । त्यसपछि जर्मनीका थोमस मुलरले २ दशमलव २७ अंक पाएका छन् । उनकै टोलीका टिमो वेर्नरको पनि समान अंक छ ।

पानामाका रक्षापंक्तिका खेलाडी फिडेल इस्कोबारले पनि समान अंक रहेको छ । यसपटकको विश्वकपमा अन्य कमजोर प्रदर्शन गर्ने खेलाडीहरुमा जर्मनीका खेलाडीहरु बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको