आँपपानीमा  चिउरीको बिरुवा रोप्दै मन्त्री लामाले गरे प्रदेश नम्बर ३ मा फलफूल वर्ष–२०७५ को शुभारम्भ



भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश नम्बर ३ मा आजदेखि फलफूल वर्ष–२०७५ को शुभारम्भ गरेको छ । प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चितवनको राप्ती नगरपालिका–११ आँपपानीमा २०० चिउरीको बिरुवा रोपेर फलफूल वर्षको शुभारम्भ गरेका हुन् ।

सोही अवसरमा प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री लामाले प्रदेशका सबै नागरिकलाई स्वरोजगार बनाउने अभियानका रुपमा फलफूल वर्ष शुभारम्भ गरिएको बताए । नेपालमा बर्सेनि करोडौंको फलफूल आयात हुने गरेकाले त्यसलाई कम गर्दैै नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन अभियान सार्थक बन्ने उनको दाबी छ ।

सामुदायिक वनलाई उत्पादनशील बनाउन फलफूल खेतीको विकल्प नरहेको मन्त्री लामाले बताए । सबै जनतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नका लागि पनि फलफूल रोप्ने अभियान सञ्चालन गरेको उनले जानकारी दिए । उनले युवालाई रुचिअनुसारको तालिम दिएर कृषि उद्यमी बन्नेतर्फ अग्रसर गराइने बताए । युवालाई नेपालमै बसेर नेपालमै केही गर भन्ने उद्देश्यले विभिन्न अनुदानका कार्यक्रम पनि सञ्चालन गरिएको मन्त्री लामाको भनाइ छ ।

वनमा रोपिएका विरुवाको संरक्षणको दायित्व स्थानीयको हुने भएकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे । चिउरी रोपेसँगै चितवनमा मौरीपालन फस्टाउने मन्त्री लामाको विश्वास छ ।

यस्तै आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेको बताए । उनले प्रदेश नम्बर ३ को सम्मृद्धि नै कृषि र पर्यटन र जलविद्युत्बाट सम्भव भएकाले कृषिलाई सबैभन्दा माथि राखिएको बताए । ‘वन नेपालको धन’ भन्ने गरिए पनि त्यसलाई कार्यान्वयनमा लैजान सकिएको थिएन’, उनले भने, ‘अब प्रदेश सरकारले त्यसलाई सार्थक बनाउँछ ।’

चितवनको पहाडी क्षेत्रमा चिउरीको राम्रो उत्पादन हुने गरेको छ । चितवनको ३० हजार हेक्टरमा पाँच हजार चिउरीको बिरुवा रोपिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिए । प्रदेशका ५० बटा स्थानीय तह र २०० सामुदायिक तथा कबुलियती वनसँग मिलेर फलफूल रोप्ने अभियान सञ्चालन गरिएको उनले बताए ।

प्रदेशका ४५० युवालाई तालिम दिएर फलफूल रोप्नका लागि आंशिक रोजगारको व्यवस्थासमेत गरिएको उनले बताए । चितवनमा मात्रै चिउरी रोप्नका लागि १६ जना युवा परिचालन गरिएको छ ।

स्वास्थ्यका लागि चिउरीको मह लाभदायक हुने भएकाले यसको माग बढ्दो छ । पहिला चेपाङहरुले मात्र प्रयोग गर्ने चिउरी समयक्रमसँगै बहुआयामिक जडिबुटीजन्य औषधि बन्न पुगेको छ । स्वास्थ्य विज्ञानका अनुसार चिउरीको घिउ कोलस्ट्रोलरहित हुने हुँदा मानव स्वास्थ्यको लागि लाभदायक मानिन्छ । चिउरी बजारमा प्रतिकेजी ७० रुपैयाँको दरले बिक्री हुने गरेको छ । कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा वराल, उपमेयर इमानसिंह लामालगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु