विश्वकपमा आज चार भिडन्त, पोल्यान्डसँग जापानले जित्ने पक्का



हाम्रो इकोनोमि

 

 

विश्वकप फुटबलमा बुधबारबाट लिग चरणका खेल सकिंदैछन्। समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ।

बुधबार साँझ समूह एच का दुई खेल हुनेछन्। भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खेल्नेछ। यो समूहका सुरुवाती दुई खेलबाट ४ अंक जोडेको जापान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको सेनेगलको पनि ४ अंक नै छ। ३ अंक जोडेको कोलम्बिया पनि अर्को चरणमा उक्लिने होडमा छ।

पोल्यान्ड भने बाहिरिइसकेको छ। अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब छ। त्यस्तै बुधबार नै समूह जी का दुई खेल हुनेछन्।

कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्दा मोरदोभिया एरिनामा ट्युनिसियाले पानामाको सामना गर्नेछ। समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गरिसकेका छन्। दुई टोलीबीच हुने भिडन्तले समूह विजेताको टुंगो लगाउनेछ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...