विश्वकपमा आज चार भिडन्त, पोल्यान्डसँग जापानले जित्ने पक्का



हाम्रो इकोनोमि

 

 

विश्वकप फुटबलमा बुधबारबाट लिग चरणका खेल सकिंदैछन्। समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ।

बुधबार साँझ समूह एच का दुई खेल हुनेछन्। भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खेल्नेछ। यो समूहका सुरुवाती दुई खेलबाट ४ अंक जोडेको जापान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको सेनेगलको पनि ४ अंक नै छ। ३ अंक जोडेको कोलम्बिया पनि अर्को चरणमा उक्लिने होडमा छ।

पोल्यान्ड भने बाहिरिइसकेको छ। अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब छ। त्यस्तै बुधबार नै समूह जी का दुई खेल हुनेछन्।

कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्दा मोरदोभिया एरिनामा ट्युनिसियाले पानामाको सामना गर्नेछ। समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गरिसकेका छन्। दुई टोलीबीच हुने भिडन्तले समूह विजेताको टुंगो लगाउनेछ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...