सेनेगल र कोलम्बिया गर र मर को अवस्थामा, हार्ने टोली बाहिरिन्छ, कस्ले मार्छ बाजी



हाम्रो इकोनोमि

 

 

विश्वकप फुटबलमा बिहिबार समूह एच का दुई टोलीहरु सेनेगल र कोलम्बिया आमनेसामने हुँदैछन् । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन लागेको हो । दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण हुनेछ ।

यो खेलमा जित्ने टोली माथिल्लो चरणमा पुग्ने छ भने बराबरीमा रोकिएको खण्डमा सेनेगल माथिल्लो चरणमा जानेछ । बराबरी गरे कोलम्बियाले जापान र पोल्याण्डबीचको खेल कुर्नुपर्ने हुन्छ ।

जापानसँगको पहिलो खेलमा हारको सामना गरेको कोलम्बियाले दोस्रो खेलमा भने पोल्याण्डलाई हराउँदै माथिल्लो चरणमा पुग्ने आशा कायम राखेको थियो ।

यस्तोमा सेनेगललाई हराउनु उसको लक्ष्य हुनेछ । बिहिबारको खेलमा दक्षिण अमेरिकी टोलीले बराबरी मात्र निकालेको खण्डमा पनि उसको माथिल्लो चरणमा जाने सम्भावना निकै कमजोर बन्न पुग्छ । तर जापानको फराकिलो हारले बराबरीले पनि कोलम्बिया राउन्ड अफ सिक्सटिनमा पुग्नेछ ।

सेनेगलले पनि विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा पोल्याण्डलाई हराउँदै रुस विश्वकपमा राम्रो सुरुवात गरेको सेनेगलले जापानविरुद्ध पनि राम्रो प्रदर्शन गरेको थियो ।

कोलम्बियालाई कम्तीमा बराबरीमा रोक्ने उसको लक्ष्य हुनेछ । पहिलो खेलपछि कोलम्बियाले दोस्रो खेलमा राम्रो प्रदर्शन गरेको थियो । सोही प्रदर्शन दोहोर्याउँदै माथिल्लो चरणमा स्थान पक्का गर्ने लक्ष्यमा कोलम्बिया रहेको छ ।

यो समुहमा बलियो मानिएको कोलम्बियाले पहिलो खेलमै हारको सामना गरेसँगै उसको लागि दोस्रो चरणमा पुग्ने वा नपुग्ने भन्ने आशंका जन्मिएको हो ।

हेड टु हेड 
यसअघि यी दुई टोलीहरुको बीचमा सन् २०१४ मा एकपटक मात्र भेट भएको छ । उक्त मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।

प्लेयर्स टु वाच
स्याडियो माने (सेनेगल)

बिहिबारको खेलमा सेनेगललाई माथिल्लो चरणमा पु¥याउनका लागि लिभरपुलबाट व्यावसायिक फुटबल खेलिरहेका स्याडियो मानेको भूमिका निकैमहत्वपूर्ण हुनेछ । गत सिजनमा उनले लिभरपुलविरुद्ध महत्वपूर्ण प्रदर्शन गरेका थिए । यो विश्वकपको दुई खेलमा पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका छन् ।

जेम्स रोड्रिगेज (कोलम्बिया)
कोलम्बियाका यी खेलाडी कोलम्बियाको लागि विहीबारको खेलमा महत्वपूर्ण हतियार बन्न सक्छन् । अघिल्लो विश्वकपमा निकै राम्रो प्रदर्शन गरेका रोड्रिगेजले रुस विश्वकपको पहिलो खेलमा भने आशा गरिएअनुसारको प्रदर्शन गर्न सकेका थिएनन् । दोस्रो खेलमा पोल्याण्डलाई ३–० ले हराउँदा दुई गोलमा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...