सेनेगल र कोलम्बिया गर र मर को अवस्थामा, हार्ने टोली बाहिरिन्छ, कस्ले मार्छ बाजी



 

 

विश्वकप फुटबलमा बिहिबार समूह एच का दुई टोलीहरु सेनेगल र कोलम्बिया आमनेसामने हुँदैछन् । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन लागेको हो । दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण हुनेछ ।

यो खेलमा जित्ने टोली माथिल्लो चरणमा पुग्ने छ भने बराबरीमा रोकिएको खण्डमा सेनेगल माथिल्लो चरणमा जानेछ । बराबरी गरे कोलम्बियाले जापान र पोल्याण्डबीचको खेल कुर्नुपर्ने हुन्छ ।

जापानसँगको पहिलो खेलमा हारको सामना गरेको कोलम्बियाले दोस्रो खेलमा भने पोल्याण्डलाई हराउँदै माथिल्लो चरणमा पुग्ने आशा कायम राखेको थियो ।

यस्तोमा सेनेगललाई हराउनु उसको लक्ष्य हुनेछ । बिहिबारको खेलमा दक्षिण अमेरिकी टोलीले बराबरी मात्र निकालेको खण्डमा पनि उसको माथिल्लो चरणमा जाने सम्भावना निकै कमजोर बन्न पुग्छ । तर जापानको फराकिलो हारले बराबरीले पनि कोलम्बिया राउन्ड अफ सिक्सटिनमा पुग्नेछ ।

सेनेगलले पनि विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा पोल्याण्डलाई हराउँदै रुस विश्वकपमा राम्रो सुरुवात गरेको सेनेगलले जापानविरुद्ध पनि राम्रो प्रदर्शन गरेको थियो ।

कोलम्बियालाई कम्तीमा बराबरीमा रोक्ने उसको लक्ष्य हुनेछ । पहिलो खेलपछि कोलम्बियाले दोस्रो खेलमा राम्रो प्रदर्शन गरेको थियो । सोही प्रदर्शन दोहोर्याउँदै माथिल्लो चरणमा स्थान पक्का गर्ने लक्ष्यमा कोलम्बिया रहेको छ ।

यो समुहमा बलियो मानिएको कोलम्बियाले पहिलो खेलमै हारको सामना गरेसँगै उसको लागि दोस्रो चरणमा पुग्ने वा नपुग्ने भन्ने आशंका जन्मिएको हो ।

हेड टु हेड 
यसअघि यी दुई टोलीहरुको बीचमा सन् २०१४ मा एकपटक मात्र भेट भएको छ । उक्त मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।

प्लेयर्स टु वाच
स्याडियो माने (सेनेगल)

बिहिबारको खेलमा सेनेगललाई माथिल्लो चरणमा पु¥याउनका लागि लिभरपुलबाट व्यावसायिक फुटबल खेलिरहेका स्याडियो मानेको भूमिका निकैमहत्वपूर्ण हुनेछ । गत सिजनमा उनले लिभरपुलविरुद्ध महत्वपूर्ण प्रदर्शन गरेका थिए । यो विश्वकपको दुई खेलमा पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका छन् ।

जेम्स रोड्रिगेज (कोलम्बिया)
कोलम्बियाका यी खेलाडी कोलम्बियाको लागि विहीबारको खेलमा महत्वपूर्ण हतियार बन्न सक्छन् । अघिल्लो विश्वकपमा निकै राम्रो प्रदर्शन गरेका रोड्रिगेजले रुस विश्वकपको पहिलो खेलमा भने आशा गरिएअनुसारको प्रदर्शन गर्न सकेका थिएनन् । दोस्रो खेलमा पोल्याण्डलाई ३–० ले हराउँदा दुई गोलमा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको