१८ विजनेस कलास, २ सय ५६ साधारण गरी जम्मा २७४ सिट क्षमताको आइपुग्यो नेपाल वायुसेवाको अन्नपूर्ण



हाम्रो इकोनोमि

नेपाल वायुसेवा निगमले खरीद गरेको वाइडबडी विमान आज काठमाडौँ आइपुगेको छ ।

एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको अन्नपूर्ण विमान निगमले आज नेपाल आइपुगेको हो ।

२०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनि एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो ।

निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ ।

१८ विजनेस कलास, २ सय ५६ सिट २७४ सिट क्षमताको वाइड बडी विमानमा १६ वटा विजनेस क्लास सिट छन् ।

विमानले व्यवसायीक उडान आगामी अगस्त एकदेखि गर्ने बताइएको छ । विमान केही समय हालकै निगमको नियमित गन्तव्यमा उडान भर्ने र पछि साउदी अरवको रियादमा थप उडान भर्ने योजना रहको छ ।

निगमले चाडैनै जापान र कोरियामा उठान भर्ने तयारी गरिरहेको छ ।

दोस्रो वाइडबडी विमान पनि पहिलो विमान काठमाडौँमा अवतरण गरेको डेढ–दुई महिनाभित्र अवतरण हुने निमगले जनाएको छ ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए३२० र एउटा बोइङ ७५७ छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...