दक्षिण कोरियाको ऐतिहासिक जित, जर्मनी विश्वकपबाटै बाहिरियो



हाम्रो इकोनोमि

दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २-० हराएको हो । दुबै गोल इन्जुरी टाइममा भएको थियो ।

अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध तीन गोल गरेका कारण जर्मनी दबावमा आएको थियो । त्यही बेला किम युङ गोनले गोल गरे ।

सहायक रेफ्रीले यो गोललाई अफसाइड दिएका थिए । तर, भीएआर रिभ्यूबाट गोल दिइयो । झन दबावमा आएको जर्मनीका गोलकिपर निकै अगाडि बढेर खेलेको मौकामा अन्तिम मिनेटमा सन हियुङ मिनले खाली पोष्टमा गोल गरेका हुन् ।

पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीले दोस्रो खेलमा स्वीडेनलाई २-१ ले हराएको थियो । समूह चरणको अन्तिम खेल खेल्दै गर्दा दक्षिण कोरिया बाहेक तीनै टिमको सम्भावना थियो ।

तर, जर्मनीका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम गर्न दक्षिण कोरियालाई हराउनै पर्ने थियो । यदि जर्मनीले कोरियालाई हराएको र स्वीडेनले मेक्सिकोलाई ३-० ले जितेको भए गोल अन्तरका आधारमा जर्मनी अघिल्लो चरण पुग्थ्यो भने मेक्सिको बाहिरिने थियो ।

तर, कोरियाले आफू मात्र बाहिरिएन, साविकको विजेतालाई पनि सँगै घर फर्काएको छ । हारका बाबजुद मेक्सिको भने उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...