२२ अर्बको निगमको ठूलो जहाज भोलि आउँदै, अगस्ट १ बाट व्यवसायिक उडान,



 

नेपाल वायु सेवा निगमको २ सय ८० सिट क्षमताको एउटा जहाज बिहिबार काठमाडौं आइपुग्ने भएको छ।

एयरबस ३३०-२०० सिरिजको वाइड बडी जहाज लिन नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहितको तीन सदस्यीय टोली मंगलबार युरोप गएको थियो।

निगमले करिब २२ अर्ब रुपैयाँमा एयर बस कम्पनीको वाइड बडी ए ३३० मोडलका दुई बटा जहाज किन्ने सम्झौता गरेको थियो।

अर्को एयरबस ३३० जहाज पनि एक महिना भित्रमा नेपाल आउने निगमले जनाएको छ।

निगमले जहाज किन्न १२ अर्ब ५० करोड रुपैयाँ कर्मचारी सञ्चय कोष र १२ अर्ब ५० करोड रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएको हो।

८ वटा बिजनेस क्लास र २७२ इकोनोमी क्लास सिट भएको निगमको ए ३३० जहाज भोली (बिहीबार) बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताईएको छ।

निगमका कमर्सियल हेड जनक कालाखेतीले बिहिबारबाटै जहाज संचालन अनुमति (एओसी) लिने प्रकृया सुरु गरिने बताए।

नेपालमा कुनै पनि जहाजले व्यवसायीक उडान गर्नु पुर्व नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट एओसी लिनु पर्छ।

निगमले नयाँ जहाजको व्यवसायिक उडान आगामी अगस्ट १ गतेबाट गर्ने योजना बनाएको कालाखेतिले जानकारी दिए।

सुरुमा केहि समय अहिले उडान गरिरहेका सेक्टरमा जहाज उडाउने योजना बनाएको नियमको अगस्ट अन्तिम अन्तिम साता सम्ममा साउदी अरेबियाको रियाधमा उडान गर्ने तयारी छ।

निगमले अहिले दिल्लीमा साताको ११, मुम्बई, बेङ्लोर, बैंकक र हङकङमा साताको ३ र मलेसिया (क्वालालम्पुर), दुवई र दोहामा साताको ४ उडान गर्ने गरेको छ।

कालाखेतिले भने, ‘  ए ३३० वाईड बडी जहाज भएकाले लामो सेक्टरमा उडाउने हाम्रो योजना हो। त्यसकालागि काम गरिरहेका छौं र अक्टोबर सम्म जापान र कोरिया जहाज उडाउने हाम्रो लक्ष्य छ।’

अहिले नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा एयरबस ३२० र एउटा बोईङ ७५७ मोडलमा जहाज रहेका छन्।

निगमसँग भएका तिन वटै जहाज ‘न्यारो बडी’ (साना जहाज) हुन्।

निगमले आगामी डिसेम्बरसम्म अहिले भएको बोईङ ७५७ हटाउने तयारी गरेको छ। निगम व्यवस्थापनले अब एयरबस कम्पनीका जहाज मात्र चलाउने घोषणा गरेको थियो।

थौरै जहाज हुने एयरलाइन्स कम्पनीलाई एयरबस र बोईङ दुबै कम्पनीका जहाज चलाउन खर्चिलो हुने उनिहरुको भनाई।

नेपाल वायु सेवा निगम सञ्चालक समितिले दुईवटा थप न्यारो बडी एयरबस जहाज खरिद गर्ने निर्णय गरिसकेको छ।

नयाँ जहाज आएपछि निगम व्यवस्थापनको वाइड बडी जहाज लामो सेक्टरमा र न्यारो बडी जहाज अहिले उडान गरिरहेकै सेक्टरमा उडाउने योजना छ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु