कोरियामा एक नेपालीले आकाशे पुलबाट हाम फालेर आत्महत्या, यस्तो छ कारण



हाम्रो इकोनोमि

दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएका एक युवाले आफू गैरकानुनी भएपछि तनावमा आएर आत्महत्या गरेका छन् । कास्की जिल्ला पोखरा बाझपाटन निवासी ३२ वर्षीय बलबहादुर गुरुङले बुधबार रातको १ बजे सउलको आकाशे पुलबाट हाम फालेर आत्महत्या गरेका थिए ।

कोरियामा इपिएस प्रणाली अनुसार रोजगारस्थल परिवर्तन गर्ने क्रममा तोकिएको ३ महिनाभित्र नयाँ कार्यस्थल प्रवेश गर्न नसके भिसा अवधि समाप्त भई अबैधानिक हुने प्रवाधान रहेको छ । यसरी नै अबैधानिक हुन पुगेका गुरुङले तनाबमा आएर आत्महत्या गरेको तमुधीँ कोरिया र कास्की परिवार कोरियाले संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

मृतक गुरुङ्क इपिएसमार्फत पहिला पनि कोरिया आई चार वर्ष १० महिना कार्यसमय पूरा गरी नेपाल फर्केर पुनः दोस्रो पटक आएका थिए ।

कोरिया आएका मृतकका पत्नी र परिवारकै सहमतिमा आगामी आइतबार उनको शवलाई कोरिया मै अन्त्येष्टी गरिने भएको छ । अस्पताल र अन्त्येष्टीको लागि आवश्यक खर्च जुटाउन एनआरएन कोरियाको संलग्नतामा आर्थिक सहयोग अभियान आव्हान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...