नेयमारको टोली हराउँदै दोस्रो चरणमा पुग्ने सर्वियाको लक्ष्य, होला त सम्भव



हाम्रो इकोनोमि

बुधबार समुह ‘ई’ अन्तर्गत ब्रजिल र सर्वियाको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।

समुहमा ब्रजिल ४ अंकाका साथ बलियो अवस्थामा रहेको भए पनि माथिल्लो चरणमा पुग्ने निश्चित भने भइसकेको छैन तर सर्वियाको लागि माथिल्लो चरणमा पुग्नका लागि जित अनिवार्यजस्तै रहेको छ । बराबरीको नतिजामा माथिल्लो चरणमा पुग्नका लागि स्विट्जरल्याण्डले हार्नु पनि जरुरी हुन्छ ।

ब्रजिलको लागि पनि बुधबारको खेलमा अंक हासिल गर्नु जरुरी हुन्छ । पहिलो खेलमा बराबरी खेलेसँगै ब्रजिल नयाँ योजनाका साथ अघि बढिरहेको छ ।

यस्तोमा सर्वियाको लागि ब्रजिलसँगको खेलमा अंक हासिल गर्नु फलामको चिउरा चपाउनु सरह हुनेछ । पहिलो खेलमा स्विट्जरल्याण्डसँगको खेलमा बराबरीको नतिजा हासिल गरेको ब्रजिलले दोस्रो खेलमा कोस्टारिकालाई पराजित गरेको थियो ।

सर्वियाले भने आफ्नो पहिलो खेलमा कोस्टारिकालाई पराजित गरेको भए पनि दोस्रो खेलमा स्विट्जरल्याण्डसँग हारको सामना गरेको थियो ।

पछिल्लो समय प्रदर्शनको कुरालाई लिएर ब्रजिलको आलोचना भइरहेको अवस्थामा सर्वियासँगको खेलमा राम्रो प्रदर्शन गर्दै माथिल्लो चरणमा आफ्नो दबाब केही कम गर्ने ध्याउन्नमा ब्रजिल देखिन्छ ।

हेड टु हेड
अहिलेसम्म सर्विया र ब्रजिलको बीचमा केवल एकपटक भेट भएको छ । सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा ब्रजिल १–० ले विजयी भएको थियो ।

प्लेयर्स टु वाच
एलेक्सेन्डर मिट्रोभिक (सर्विया)

बुधबारको खेलमा ब्रजिलको रक्षा पंक्तिलाई समस्यामा राख्नसक्ने खेलाडी हुन् मिट्रोभिक । पछिल्लो २६ खेलमा उनले १८ गोल गरिसकेका छन् । साथै उनले गोलको महत्वपूर्ण अवसरहरु पनि सिर्जना गर्ने गरेका छन् ।

फिलिप काउटिन्हो (ब्रजिल)
ब्रजिलको टोलीमा नेयमार केही संघर्ष गरिरहेको अवस्थामा काउटिन्होको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । उनले स्विट्जरल्याण्डसँगको खेलमा गरेको प्रदर्शन बुधबारको खेलमा पनि दोहोरिने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...