प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु



हाम्रो इकोनोमि

स्व प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु भएको छ ।

नेपाल बक्सिङ संघको तत्वावधानमा अखिल नेपाल खेलकूद संघको आयोजनामा आजदेखि लैनचौरमा सो खेल शुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्व दाहाल नेपालको कम्युनिष्ट आन्दोलनमा होनहार युवा भएको बताउनुभयो । “स्व दाहालको सपना समृद्ध नेपाल निर्माणको थियो, उक्त सपनालाई पूरा गर्न अहिले सरकार लागिरहेको छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाले खेलले युवालाई एकापसमा एकताको भावना निर्माण गर्ने र स्वास्थ्यका लागिसमेत फाइदा हुने बताउनुभयो । उहाँले खेलमा जित हार हुने तर खेलको माध्यमबाट देश निर्माणमा महत्वपूर्ण भूमिका पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्वभर लोकप्रिय खेलका रुपमा रहेको बक्सिङलाई नेपालमा पनि लोकप्रिय खेलका रुपमा लिइन्छ । आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा २५ जिल्लाका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । जसमा पुरुषको १० समूह र महिलाको आठ समूह रहेको आयोजकले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाश दाहालको २०७४ मंसिर ३ गते निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...