प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु



हाम्रो इकोनोमि

स्व प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु भएको छ ।

नेपाल बक्सिङ संघको तत्वावधानमा अखिल नेपाल खेलकूद संघको आयोजनामा आजदेखि लैनचौरमा सो खेल शुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्व दाहाल नेपालको कम्युनिष्ट आन्दोलनमा होनहार युवा भएको बताउनुभयो । “स्व दाहालको सपना समृद्ध नेपाल निर्माणको थियो, उक्त सपनालाई पूरा गर्न अहिले सरकार लागिरहेको छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाले खेलले युवालाई एकापसमा एकताको भावना निर्माण गर्ने र स्वास्थ्यका लागिसमेत फाइदा हुने बताउनुभयो । उहाँले खेलमा जित हार हुने तर खेलको माध्यमबाट देश निर्माणमा महत्वपूर्ण भूमिका पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्वभर लोकप्रिय खेलका रुपमा रहेको बक्सिङलाई नेपालमा पनि लोकप्रिय खेलका रुपमा लिइन्छ । आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा २५ जिल्लाका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । जसमा पुरुषको १० समूह र महिलाको आठ समूह रहेको आयोजकले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाश दाहालको २०७४ मंसिर ३ गते निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...