यी हुन् फुटबलमा सर्वाधिक कमाई गर्ने विश्वका १० क्लब,मेस्सीको चमत्कारले अरुले यसरी खाए फ्लप



हाम्रो इकोनोमि

 

स्पेनिस क्लब बार्सिलोनाले व्यवसायिक प्रायोजनबाट धेरै आम्दानी गर्ने गरेको देखिएको छ । फोर्ब्सले सार्वजनीक गरेको पछिल्लो रिपोर्ट अनुसार बार्सिलोनाले स्पेनिस प्रतिद्वन्दी रियल मड्रिड र प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेड भन्दा बढि आम्दानी गर्ने देखाएको छ ।

बार्सिलोनाले खेल सामाग्री उत्पादक कम्पनी नाइक लगायतका प्रायोजकबाट बार्षिक १ सय ८७ मिलियन पाउण्ड आम्दानी गरेको देखिएको हो । बार्सिलोनाले प्रिमियर लिग क्लब म्यान यु भन्दा ३५ मिलियन पाउण्ड र स्पेनिय जायन्ट रियल मड्रिड भन्दा ३७ मिलियन पाउण्ड आम्दानी गरेको हो ।

बार्सिलोनाको गत बर्ष भन्दा प्रायोजन रकममा समेत वृद्धि भएको छ । अन्य क्लबहरुको आम्दानी घट्दा बार्सिलोनाले गत बर्ष भन्दा १५ मिलियन पाउण्ड बढी आम्दानी गरेको छ । जबकी म्यान युको १२ मिलियन पाउण्ड र मड्रिडको १६ मिलियन पाउण्ड आम्दानी घटेको छ ।

बार्साले गर्ने आम्दानीमा ८८ मिलियन पाउण्ड नाईकेले बार्षिक रुपमा उपलब्ध गराउने गर्दछ । फोब्र्सको शीर्ष १० सुचिमा स्पेनिस जायन्ट रियल र बार्साले स्थान बनाएकमा छन् । जसमा सर्वाधिक प्रिमियर लिगका ६ क्लब छन् । दोस्रो स्थानको म्यान युले १ सय ५३ मिलियन पाउण्ड आम्दानी गर्ने देखिएको छ ।

त्यस्तै चौथो स्थानको चेल्सीले १ सय २ मिलियन पाउण्ड, सातौ नम्बरको आर्सनलले ७१ मिलियन पाउण्ड, आठौ नम्बरको लिभरपुलको ७० मिलियन पाउण्ड, नवौ नम्बरको टोट्नह्यामको ६१ मिलियन पाउण्ड र दशौ नम्बरको म्यान सिटीको ५९ मिलियन पाउण्ड आम्दानी प्रायोजनबाट हुने देखिएको छ ।

पाँचौ नम्बरको बार्यन म्युनिखको ९१ मिलियन पाउण्ड र छैटौ नम्बरको पीएसजीको ७६ मिलियन पाउण्ड प्रायोजनबाट आम्दानी हुने फोब्र्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...