अर्जेन्टिनाको गोलमा खुशी मनाउँदा म्याराडोना बिरामी, अस्पतालमा भर्ना



हाम्रो इकोनोमि

विश्वकपअन्तर्गत अर्जेन्टिना र नाइजेरियाबीचको खेलका दौरान सेलिब्रेसन गर्दा अर्जेन्टिनाका महान फूटबलर डिएगो म्याराडोना अस्वस्थ भएका छन् ।खेलमा मेस्सीको गोलबाट अग्रता लिँदा खुशी मनाएका म्याराडोना नाइजेरियाले पेनाल्टीमा गोल गर्दा निराश बनेका थिए ।

खेल बराबरीतर्फ अग्रसर हुँदै थियो । यदि त्यस्तो भएको भए अर्जेन्टिना समूह चरणबाटै घर फर्किने थियो ।खेल सकिन अन्तिम केही मिनेट बाँकी छँदा मार्कोस रोहोले विजयी गोल गरे । सो गोलमा निकै उत्साहित भएर सेलिब्रेसन गरेका म्याराडोना त्यसपछि अस्वस्थ भएको बताइएको छ ।

सन् १९८६ को विश्वविजेता खेलाडी म्याराडोनालाई प्रेसरको समस्या छ । अति नै धेरै उत्साहित हुँदा उनको स्वास्थ्यमा समस्या देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

खेलअवधिभर क्यामेराले पटक-पटक म्याराडोनाको रियाक्सन देखाएको थियो ।अर्जेन्टिनाका म्याराडोना र ब्राजिलका पेलेलाई फूटबलका बादशाह मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...