अर्जेन्टिनाको गोलमा खुशी मनाउँदा म्याराडोना बिरामी, अस्पतालमा भर्ना



हाम्रो इकोनोमि

विश्वकपअन्तर्गत अर्जेन्टिना र नाइजेरियाबीचको खेलका दौरान सेलिब्रेसन गर्दा अर्जेन्टिनाका महान फूटबलर डिएगो म्याराडोना अस्वस्थ भएका छन् ।खेलमा मेस्सीको गोलबाट अग्रता लिँदा खुशी मनाएका म्याराडोना नाइजेरियाले पेनाल्टीमा गोल गर्दा निराश बनेका थिए ।

खेल बराबरीतर्फ अग्रसर हुँदै थियो । यदि त्यस्तो भएको भए अर्जेन्टिना समूह चरणबाटै घर फर्किने थियो ।खेल सकिन अन्तिम केही मिनेट बाँकी छँदा मार्कोस रोहोले विजयी गोल गरे । सो गोलमा निकै उत्साहित भएर सेलिब्रेसन गरेका म्याराडोना त्यसपछि अस्वस्थ भएको बताइएको छ ।

सन् १९८६ को विश्वविजेता खेलाडी म्याराडोनालाई प्रेसरको समस्या छ । अति नै धेरै उत्साहित हुँदा उनको स्वास्थ्यमा समस्या देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

खेलअवधिभर क्यामेराले पटक-पटक म्याराडोनाको रियाक्सन देखाएको थियो ।अर्जेन्टिनाका म्याराडोना र ब्राजिलका पेलेलाई फूटबलका बादशाह मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...