विश्वकप नकआउट चरणका लागि नयाँ बल तयार, बलमा के के संकेत छन् ?



हाम्रो इकोनोमि

रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा नयाँ बल प्रयोग हुने भएको छ । समूह चरणमा प्रयोग भएको भन्दा भिन्दै बल प्रयोग हुने विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ ।

अहिले समूह चरणका खेलमा कालो र सेतो रहेको एडिडासको टेलस्टार १८ बल प्रयोग भइरहेको छ । यस्तो खालको क्लासिक बल ४८ वर्षपछि यो विश्वकपमा प्रयोग भइरहेको हो ।

अब नकआउट चरणका खेलमा टेलस्टार मिस्टा बल प्रयोग हुनेछ । एडिडासले यो बल तयार पारिसकेको छ । नकआउट चरणमा प्रयोग हुने बलमा सेतोमा रातो र केही कालो रंगको डिजाइन गरिएको छ ।

यो रंग रुसको आधिकारिक रंगबाट प्रभावित भएको जनाइएको छ ।

यस्तै बलको रंगले नकआउट चरणमा बढ्दै गएको खेलको गर्मीलाई पनि संकेत गर्नेछ । रुसी भाषामा मिस्टाको अर्थ सपना हुन्छ । यो नयाँ बल आउँदो शनिबार हुने खेलमा पहिलो पटक प्रयोग हुनेछ । समूह चरणमा प्रयोग भएको बल।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...