यसरी हाने मेस्सी गोल,अर्जेन्टिना दोस्रो चरणमा, अब फ्रान्ससँग भिड्ने



हाम्रो इकोनोमि

 

दुईपटकको विश्वविजेता अर्जेन्टिना रसियामा जारी विश्वकप २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । निर्णायक मानिएको समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हरायो ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले खेलको १४ औं मिनेटमा गोलको खाता खोलेका थिए । तर खेलको ५१ औं मिनेटमा पेनाल्टीमार्फत नाइजेरियाका भिक्टो मोसेसले बराबरी गोल फर्काए ।

त्यसपछि दबाबमा देखिएको अर्जेन्टिनाको उद्धार मार्कस रोजोले गरे । उनले गरेको दाहिने खुट्टाले गरेको भली प्रहारले गोलपोस्टको देब्रे कर्नर चुमेपछि अर्जेन्टिनाका समर्थकमाझ खुसीयाली छायो भने नाइजेरियाका समर्थक स्तब्ध बने ।

यही समयमा भएको समुह ‘डि’ को अर्को खेलमा क्रोयशियाले आइसल्यान्डलाई २–१ ले हरायो । समुह चरणका सबै खेल जितेको क्रोयशिया यस समुहको विजेता बनेको छ । यसअघि नै दोस्रो चरणको यात्रा पक्का गरिसकेको क्रोयशियाले समुहमा सर्वाधिक ९ अंक प्राप्त गर्यो ।

अर्जेन्टिना समुहको उपविजेताका रुपमा दोस्रो चरण प्रवेश गर्यो । उसले १ खेलमा बराबरी, १ पराजय तथा १ जितसँगै ४ अंक जोड्यो । अर्जेन्टिनासँग पराजित भएको नाइजेरिया ३ अंकमा सिमित हुँदै प्रतियोगिताबाट बाहिरियो । आइसल्यान्डले १ अंक मात्रै जोड्यो ।

सेमिफाइनलमा अब अर्जेन्टिनाले समुह सीको विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको फ्रान्स ७ अंक जोड्दै समुह सीबाट विजेता बनेर अन्तिम १६ मा पुगेको हो । डेनमार्कले समुह चरणमा ५ अंक जोड्यो र उपविजेताका रुपमा अन्तिम १६ को यात्रा गर्यो । उसले अब समुह डीको विजेता क्रोयशियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...