यसरी हाने मेस्सी गोल,अर्जेन्टिना दोस्रो चरणमा, अब फ्रान्ससँग भिड्ने



 

दुईपटकको विश्वविजेता अर्जेन्टिना रसियामा जारी विश्वकप २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । निर्णायक मानिएको समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हरायो ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले खेलको १४ औं मिनेटमा गोलको खाता खोलेका थिए । तर खेलको ५१ औं मिनेटमा पेनाल्टीमार्फत नाइजेरियाका भिक्टो मोसेसले बराबरी गोल फर्काए ।

त्यसपछि दबाबमा देखिएको अर्जेन्टिनाको उद्धार मार्कस रोजोले गरे । उनले गरेको दाहिने खुट्टाले गरेको भली प्रहारले गोलपोस्टको देब्रे कर्नर चुमेपछि अर्जेन्टिनाका समर्थकमाझ खुसीयाली छायो भने नाइजेरियाका समर्थक स्तब्ध बने ।

यही समयमा भएको समुह ‘डि’ को अर्को खेलमा क्रोयशियाले आइसल्यान्डलाई २–१ ले हरायो । समुह चरणका सबै खेल जितेको क्रोयशिया यस समुहको विजेता बनेको छ । यसअघि नै दोस्रो चरणको यात्रा पक्का गरिसकेको क्रोयशियाले समुहमा सर्वाधिक ९ अंक प्राप्त गर्यो ।

अर्जेन्टिना समुहको उपविजेताका रुपमा दोस्रो चरण प्रवेश गर्यो । उसले १ खेलमा बराबरी, १ पराजय तथा १ जितसँगै ४ अंक जोड्यो । अर्जेन्टिनासँग पराजित भएको नाइजेरिया ३ अंकमा सिमित हुँदै प्रतियोगिताबाट बाहिरियो । आइसल्यान्डले १ अंक मात्रै जोड्यो ।

सेमिफाइनलमा अब अर्जेन्टिनाले समुह सीको विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको फ्रान्स ७ अंक जोड्दै समुह सीबाट विजेता बनेर अन्तिम १६ मा पुगेको हो । डेनमार्कले समुह चरणमा ५ अंक जोड्यो र उपविजेताका रुपमा अन्तिम १६ को यात्रा गर्यो । उसले अब समुह डीको विजेता क्रोयशियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको