९२ प्रतिशत डेरी उद्योगका दुध खान अयोग्य, कुन कुन हुन् दुध खान अयोग्य डेरी, नाम सहित



काठमाडौं उपत्यकामा उपभोग हुँदै आएको दुध मध्ये करिब ९२ प्रतिशत दुध उपभोग गर्न अयोग्य रहेको पाइएको छ । बजारमा वितरण भइरहेको नमुना संलन गरेर परिक्षण गर्दा ९१ दशमलव ६७ प्रतिश दुध उपभोग गर्न आयोग्य रहेको पाइएको हो ।

खाद्य तथा पेय पदार्थको नियमन गर्दै आएको निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपभोग भइरहको दुधमा ‘कोलीफर्म’ नामक जीवाणु भेटिएकोल दुध उपभोग गर्न लायक नरहेको जानकारी दिएको हो । विभागले परिक्षण गरेको ३६ वटा नमुना मध्ये ३३ नमुनामा कोलीफर्म भेटिएको जानकारी गराएको हो ।

कोलीफर्म दिशामा पाइने जीवाणु भएकाले त्यसले आउ, हैजा जस्ता रोग निम्त्याउने विभागका जानकारहरुले बताएका छन् । त्यसबाट बाँच्नका लागि दुधलाई राम्रो सँग उमालेर उपभोग गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुझाव दिएको छ ।

विभागले उपभोक्ताले उपभोग गर्दै आएको दुधको स्वच्छता एवं गुणस्तरको अध्ययन का लागि संकलन गरेर ल्याएको नमुनामध्ये ३६ वटा नमुनाको परिक्षण गरिएको र त्यसमा ३३ वटा नमुनामा कोलीफर्म भेटिएको जानकारी दिएको छ ।

कोलीफर्मयुक्त दुध उत्पादन गर्ने डेरी उद्योगहरु बालाजुको आधुनिक डेरी, काभ्रेको अलिसाज र गल्फु विनायक डेरी, बालकोटको अनमोल दुग्ध तथा कृषि डेरी उद्योग रहेका छन् ।

त्यस्तै काभ्रेको अर्पण जय श्री कृष्ण डेरीका दुई वटै नमुनामा कोलीफर्म भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जानकारी दिएको छ ।

त्यस्तै भक्तपुरको भक्तपुर डेरी, काठमाडौंको चौधरी डेलसियस एचडीआई र ब्ल्यु एचडी मिल्क एण्ड वेवरेजमा समेत कोलीफर्म भेटिएको हो । त्यस्तै लगनखेलको डेलि युएचटी तथा हिमालयन प्रडक्ट समेत परिक्षण गरिएको त्यसमा कोलीमार्फ नभेटिएको विभागले जानकारी दिएको छ ।

त्यस्तै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीका पाँच वटा उत्पादनमा कोलीमार्फ भेटिएको हो । डिडिसीले उत्पादन गर्दै आएको दुध तथा क्रिम दुइटै उत्पादनमा कोलीफर्म भेटिएको छ । त्यस्तै डिडिसीकै स्टयान्टर्ड मिल्क, स्टडी मिल्क, र डिडिसी टि मिल्कमा कोलीफर्म भेटिएको हो ।

त्यस्तै भक्तपुरको जगदम्बा डेरी फुड एण्ड वेवरेज, गायत्रि खरिपार्टी डेरी उद्योगको उत्पादनको नमुना परिक्षण गरिएको र त्यसमा कोलीफर्म नभेटिएको विभागले जानकारी दिएको छ ।

त्यस्तै गोधुली एचडी मिल्क एण्ड वेवरेज र कालीका डेरीका उतपादनहरुमा समेत कोलीफर्म भेटिएको विभागले जानकारी दिएको छ ।

कान्तिपुर फ्रेस सैंजु डेरी भक्तपुरका दुइटै उत्पादनमा कोलीफर्म भेटिएको छ । त्यस्तै गोदावरीको नवप्रभात डेरी र धापाखेलको नेपाल डेरीका उत्पादनमा समेत कोलीफर्म भेटिएको छ ।

त्यस्तै नोभा कन्ट्री फुड प्राइवेट लिमिटेड भक्तपुर, आरडीसी तथा राजधानी डेरी काठमाडौं, सफल, सुजल डेरी थानकोट, सन्जविनि डेरी उद्योग भक्तपुर, शिवंम डेरी उद्योग भक्तपुर, कृष्ण सीताराम डेरी कर्तिपुर, टुडे हिमालयन डेरी प्रडक्टस,  तुलसा डेरी काठमाडौं र पाटनस्थित यस संयुक्त डेरी लगायतका डेरी उद्योगले उत्पादन गर्ने दुधमा कोलीफर्म भेटिएको हो ।

कोलीफर्म दिशामा पाइने जीवाणु भएको जानकारहरुले बाएका छन् । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का बरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले कोलीफर्म दुई किसिमको हुने बताए ।

उनले एउटा कोलीफर्मले आउ, हैजा जस्ता रोग निम्त्याएर शरिरलाई हानी गर्ने र एउटा कोलीफर्म शरिरलाई हामी नपुरयाउने किसिमको हुने बताए ।

यद्यपि दुधको परिक्षण गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने, दुधमा भेटिएको कोलीफर्म कुन किसिमको हो, भनि नछुट्याइएको बताएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रणका प्रवक्ता पूर्णचन्द्र वस्तीले कुन किसिमको कोलीफर्म हो भनेर विश्लेषण नगरिएको तर, डेरी उद्योगहरुलाई खाद्य ऐन अनुसार कारवाही गरिने बताए । हाम्राकुराले जनाएको छ ।

त्यस्तै कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहचिव योगेन्द्र कुमार कार्कीले कोलीफर्म भेटिएका डेरी उद्योगहरुलाई खाद्य ऐन अनुसार कारवाही अघि बढाइएको दावी गर्दै दुधलाई राम्ररी उमालेर मात्रै उपभोग गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा