अर्जेन्टिनाले जित्छ भन्छन् म्याराडोना, तर ढुक्क छैनन् , आज के गर्लान मेस्सीले



दुई पटकको विश्व विजेता अहिले संकटमा छ। लाग्छ, अर्जेन्टिनाको विश्व कप यात्रा टुंगिसकेको छ। तर, विश्व मै सर्वाधिक समर्थक कमाएको ब्राजिलपछि विश्व प्रसिद्ध अर्जेन्टिना बहादुर टोली भने अवश्य हो।

जो जुनसुकै अवस्थामा पनि हार मान्दैन। इतिहास यस्तै भन्छ। सन् १९८२ र १९९० मा दुवै पटक अर्जेन्टिना समूह चरणमा हारेको थियो।

८२’ मा समूह चरणको बाँकी दुई खेल जित्दै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको थियो। ९०’ मा एउटा हार, एउटा बराबरी र एउटा जितपछि समूह चरणबाट उम्किएको अर्जेन्टिना उपविजेता बन्यो।  ति दुवै आयोजनामा अर्जेन्टिना साविक विजेताका रुपमा खेल्न गएको थियो।

त्यसबेला अर्जेन्टिनालाई महान फुटबलर डियगो म्याराडोनाले सम्हालेका थिए। अहिले उनको क्षमताको खेलाडी टोलीमा देखिएका छैनन्। हुनत धेरैले लियोनल मेसीबाट आशा गरेका थिए। तर, विश्वभरका समर्थकले देखाएको विश्वासमा उनी खरो उत्रिन सकेनन्। मेसीको अहिलेसम्मको खेलले यही भन्छ। उता नाइजेरिया टोलीका भेट्रान खेलाडी मुसाको खुट्टा लामो समयदेखि चुपचाप थियो।

तर, विश्व कप–२०१८ को समूह ‘डि’ को शुक्रबार राति भएको खेलमा आशालाग्दो नवप्रवेशी आइसल्यान्डविरुद्ध दुई गोल वर्षाउँदै उनले आपूmलाई खेलमा फर्काएका छन्। अब अर्जेन्टिनी समर्थकहरु मेसीबाट पनि त्यस्तै जादुको आशा राख्छन्।

इतिहासलाई हेर्ने हो भने अर्जेन्टिननाले सन् १९९४ देखि २०१४ सम्मको विश्व कपमा चार पटक नाइजेरियाको सामना ग¥यो। चारै पटक जित पनि हात पा¥यो। तर, अन्तिम पटकको नतिजा हेर्ने हो भने गत वर्ष खेलेको खेलमा नाइजेरियाले अर्जेन्टिनालाई हराएको थियो, त्यो पनि ४–२ ले।

हालसम्म ति दुईबीच भएका आठ खेलमा पाँच पटक अर्जेन्टिनाले जित हात पारेको छ। के इतिहासका आधारमा मात्र जित हात पर्छ ? डियगो म्याराडोनाको भनाइलाई मान्ने हो भने केही फरक पार्छ। उनको दावी त, अर्जेन्टिनाले नाइजेरियालाई हराएर अन्तिम १६ मा स्थान बनाउने नै छ।

‘हामी बहादुर टोली हौं, हामीले यस्तो अवस्था सन् १९८२ र १९९० मा पनि व्यहोरेका थियों। हामीले लड्यौं, जित्यौं,’ भारतीय पत्रिका द टाइम्स अफ इन्डियामा प्रकाशित लेखमा म्यारोडोनाले भनेका छन्, ‘आफ्नो राष्ट्रलाई अंक तालिकाको अन्तिममा देख्दा मलाई साह्रै चित्त दुखेको छ।’

मंगलबार राति आइसल्यान्डले विश्व कपको इतिहासमै पहिलो जित हात पा¥यो भने पनि अर्जेन्टिनाको गोलअन्तरका आधारमा अगाडि बढ्ने सम्भावना छ। तर, सो टोलीको खेलमा व्यापक सुधार भने आउनै पर्छ।

नाइजेरियालाई फराकिलो अन्तरले हराउर्नै पर्छ। तर, नाइजेरिया र अर्जेन्टिनाले अहिले समातेको लय हेर्ने हो भने नाइजेरिया अर्जेन्टिनाभन्दा बलियो देखिन्छ। विश्व कप जित्ने लक्ष्यसहित रुस आएको टोलीको यात्रा समूह चरणमै नटुंगिएला भन्न सकिंदैन। ‘नाइजेरिया खतरनाक प्रतिद्वन्द्वि हो।

विश्व कपमा हामीले अनेकौ पटक उसको सामना गरेका छौं, २०१४ पनि। तर सधैं हामी विजेता बन्यौं। यसले पनि मनोवैज्ञानिक रुपमा हामीलाई बलियो बनाउँछ। अब हाम्रा केटाले उपाधिको भोक देखाउनु पर्छ, जीवन–मरणका लागि खेल्नुपर्छ,’ अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि ३४ गोल गरेका म्याराडोना भन्छन्।

म्याराडोनाको भनाइ झैं अहिले अंक तालिकामा अर्जेन्टिना पुछारमा छ। समूहबाट अघिल्लो चरणमा पुगिसकेको क्रोयसियाले आइसल्यान्डसँग मंगलबार राति एकै समयमा खेल्नेछ। कदंकदाचित आइसल्यान्डले क्रोयसियालाई हराएको खण्डमा अर्जेन्टिनालाई नाइजेरियामाथि संघर्षपूर्ण जितले अगाडि बढ्न मद्दत गर्दैन।

बरु त्यो अवस्थामा बराबरीले मात्र पनि नाइजेरिया अन्तिम १६ मा पुग्नेछ। आफ्नो क्लब बार्सिलोनाका लागि सधैं राम्रो खेल्ने मेसीको खुट्टा राष्ट्रको लागि चल्दैन भन्ने भनाइ फेरी एक पटक प्रमाणित भएको छ। जसले म्याराडोना झैं महान खेलाडी बन्ने उनको चाहनामा सधैं चोट लाग्दै आएको छ।

मेसीले अर्जेन्टिनालाई चार वर्षअघि विश्व कप र त्यसपछि कोपा अमेरिकाको फाइनलसम्म पु¥याएका त थिए। तर, ती दुवै खेल पराजयमा टुंगिए। ‘अर्जेन्टिनाले नाइजेरियामाथि ठूलो जित हात पार्नु पर्छ। खेलमा परिवर्तन त चाहिन्छ नै तथा खेलाडीले यो पनि बुझ्नुपर्छ कि यो उनीहरुका लागि राष्ट्रप्रति वफादारिता निभाउने अन्तिम मौका पनि उही नै हो।

प्रशिक्षक जर्ज साम्पोलीले पनि खेलाडीको क्षमता अनुसार जिम्मेवारी बाँड्न सक्नुपर्छ। उसको छनोट राम्रो छ तर, लियोको खेलमा सुधार आएन भने अवस्था कठिन हुनेछ। त्यसैले अब एउटा खेलाडीका लागि होइन, टोलीका लागि खेल्नुपर्छ,’ म्याराडोनाको स्पष्ट विचार छ। हुनत अर्जेन्टिनाले पहिलो खेलमा आइसल्यान्डलाई दबाबमै राखेको थियो।

तर, गोल गर्न असमर्थ भयो। गोलरक्षक विली काबालेरोले पहिलो गोल उपहारमा दिएपछि मात्रै क्रोयसियाले अर्जेन्टिनालाई दबाबमा राख्न सुरु गरेको थियो। घाइते सर्जियो रोमेरो अभाव अहिले टोलीमा देखिएको छ। ‘तर, फुटबलमा जे पनि हुनसक्छ।

कसैले हार्नका लागि खेल्दैन। पछाडि फर्केर हेर्ने हो भने सबै हार दुर्घटना थिए भन्ने मान्नुपर्छ। अब पछाडि हैन, अगाडि हेर्नुपर्छ,’ उनको सुझाव छ। अहिलेसम्म रुसमा मेसीले कुनै गोल गर्न सकेका छैनन्। आइसल्यान्डसँग १–१ को बराबरीमा चित्त बुझाउँदा उनले एक पेनाल्टिसहित ११ प्रहार खेर फालेका थिए।

क्रोयसियासँग त झनै उनी कमजोर देखिए। अहिले संसारले मेसीलाई हेरिरहेको छ। हुनत उनी जस्ता खेलाडीलाई सधैं नियालिन्छ नै तर, फुटबल एक व्यक्तिको खेल होइन। फुटबलमा सबै खेलाडीको जित र हारमा बराबरी दावी रहन्छ।

म्याराडोनाको भनाइमा नाइजेरियाले छरितो र शक्तिशाली खेल खेल्छ, अनि ‘रफ’ पनि। उसलाई रोक्न सकिएन भने फेरि एक पटक आँखाबाट आँसु बग्ने नै छ, हारको पिडाले। साथै उनी जसले पहिलो गोल गर्छ, खेल उसकै पक्षमा जाने सम्भावना समेत देख्छन्। – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको